Comments Add Comment

दया र केकी विना नै ‘घामपानी’को ट्रेलर रिलिज


काठमाण्डौको क्यूज हलमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्र ‘घामपानी’को ट्रेलर सार्वजनिक गरिएको छ । यो चलचित्र वैशाख १ गतेबाट देशभरका हलमा रिलिज हुनेछ ।

सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य कलाकार केकी अधिकारी र दयाहाङ राइविचको प्रेम देखाइएको छ । २ फरक जातका यूवा यूवतीको प्रेम कथालाई यो चलचित्रले उठान गरेको छ ।

चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा मुख्य कलाकारद्धय केकी अधिकारी र दयाहाङ राइ भने उपस्थित थिएनन् । यो चलचित्रलाई संचारकर्मी दिपेन्द्र लामाले निर्देशन गरेका हुन् । उनले, यो आफ्नो पहिलो प्रयास भएको भन्दै अन्तिम चलचित्र भने नभएको बताए । कार्यक्रममा चलचित्र क्षेत्रका विभिन्न चलचित्रकर्मीले शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment