Comments Add Comment

एक महिनामा सुदूरपश्चिमका १५ जनाले सवारी दुर्घटनामा ज्यान गुमाए

फाइल तस्वीर

३ चैत्र, कैलाली । गत फागुन महिनामा सुदूरपश्चिममा भएका विभिन्न सवारी दुर्घटनामा १५ जनाले ज्यान गुमाएका छन् ।

सुदूरपश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले दिएको जानकारी अनुसार फागुन महिनामा भएका १७ सवारी दुर्घटनामा १५ जनाले ज्यान गुमाएका छन् भने २३ जना गम्भीर घाइते र १६ जना सामान्य घाइते भएका छन् ।

फागुन महिनामा भएको सवारी दुर्घटनामा मोटरसाइकल सबैभन्दा बढी दुर्घटना भएको सुदूरपश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी रमेश थापाले जानकारी दिए । उनले कैलालीमा ६ र कञ्चनपुरमा दुई मोटरसाइकल दुर्घटनामा परेको बताए ।

त्यस्तै फागुन महिनामा सवारी नियम उलंघन गर्ने ४ हजार २ सय २८ सवारी साधनलाई कारवाही गरिएको त्यस वापत २५ लाख ३१ हजार रुपैया राजश्व असुली गरिएको छ ।

त्यस्तै सुदूरपश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालयले सवारी शिक्षा अन्तर्गत विभिन्न समयमा सवारी चालक, यात्रुहरु र विद्यालयस्तरमा ट्राफिक सचेतना सम्बन्धी जानकारी दिने कार्यक्रमहरु समेत गर्ने गरेको एसपी थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment