Comments Add Comment

प्रचण्ड र चिनियाँ राष्ट्रपति सीको भेट तय, यस्तो छ चीन भ्रमणको एजेण्डा

परराष्ट्रमन्त्री महतसहितको सानो टिम जाने

फाइल फोटो

५ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्को साताबाट सुरु हुने चीन भ्रमणका क्रममा राष्ट्रपति सी जिनपिङलाई भेट्ने तय भएको छ ।

बोआओ सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड १० गते चीन जानेछन् । दोस्रो पटक प्रधानमन्त्री भएपछि उनको यो पहिलो चीन भ्रमण हुनेछ ।

प्रचण्डको नेतृत्वमा परराष्ट्रमन्त्री प्रकाशशरण महतसहितको सानो टोली जाने तय भएको प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।

प्रधानमन्त्री प्रचण्डले १२ गते बोआओ फोरमलाई सम्बोधन गर्नेछन् । भोलिपल्ट बेइजिङ आएर राष्ट्रपति सी जिनपिङलाई भेट्ने तय भएको छ । प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति सीको भेटलाई महत्वका साथ हेरिएको छ ।

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति सीको भेटमा वान बेल्ट वान रोड अवधारणामा हस्ताक्षर हुने सम्भावना छ । वान बेल्ट वान रोडमा भारतले समर्थन जनाएको छैन, जसका कारण चीनले नेपालको समर्थन खोज्दै आएको छ ।

तर, व्यापार तथा पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर भने नहुने भएको छ । प्रचण्डको भ्रमणका क्रममा चीनका प्रधानमन्त्री र विदेशमन्त्री न्यूजिल्याण्ड भ्रमणमा हुने भएकाले प्रोटोकलमा हस्ताक्षर नहुने पक्का जस्तै भएको छ ।

नेपाली पक्षले अन्तरदेशीय रेलवे लाइन लगायतका एजेण्डालाई पनि प्राथमिकता दिएको छ । केरुङ-काठमाडौं- लुम्बिनी रेलको डिपीआरका लागि सम्झौता गर्ने एजेन्डा नेपाली पक्षको प्राथमिकता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment