Comments Add Comment

महिला बडीगार्ड राख्नुको कारणबारे शाहरुखको ‘हावा’ जवाफ

बलिउड सुपरस्टार शाहरुख खानले केही समययता आफ्नो सुरक्षाका लागि महिला अंगरक्षक राख्दै आएका छन् । यसको कारण उनले हालै एक अन्तरवार्तामा खोले ।
महिला अंगरक्षक राख्नुको कारणबारे शाहरुखले भने, ‘मेरा धेरै केटी फ्यानहरु छन् । उनीहरु मलाई मन पराउँछन् र माया गर्छन् । मसँग नजिक आउन, टाँस्सिन खोज्छन् । मलाई छुन खोज्छन् ।’

शाहरुख अगाडि भन्छन्, ‘केटीहरुले निकै सुन्दर नङ पालेका हुन्छन् । त्यसैले उनीहरुको प्रेमले निकै खोज्छ । तर उनीहरुले नङले घोच्दा लागेको दाग घरमा श्रीमती र बच्चाहरुलाई सम्झाउन कठिन हुन्छ । उनीहरुलाई भन्नुपर्छ कि एक फ्यान थिइन्, उनको हाइट कम थियो, आदि इत्यादी । त्यसैले यो लफडामा पर्नुभन्दा मैले केटी बडीगार्ड राख्ने निर्णय गरेँ ।’


फ्यान फलोइङको कारण

शाहरुखले भने, ‘जब तपाईं घरबाट निस्किन सक्नुहुन्छ, त्यतिबेला तपाईंबाट मिठो सुवास निस्किनुपर्छ । दाँतलाई राम्ररी ब्रस गर्नुस । कपाललाई नरम बनाउनुस । सबैभन्दा जरुरी भनेको तपाईंको शरीरबाट धेरै राम्रो सुवास आउनैपर्छ । मेरो फ्यान फलोइङको राज यही हो ।’

 


पार्टीमा किन रिसाहा देखिन्छन् ?

शाहरुख पार्टीहरुमा जाँदा अक्सर रिसाएका जस्ता देखिन्छन् । पार्टीका अधिकांस तस्बिरहरुमा शाहरुखको अनुहारमा रिस देखिन्छ । उनी नर्मल देखिदैनन् । शाहरुखले यसको रहस्य पनि खोले ।

उनले भने, ‘यसकारण कि पार्टी भेन्यूभन्दा बाहिर मानिसहरु मेरो कारअगाडि आएर उभिन्छन् । म मानिसहरुलाई कारको अगाडिबाट हट्न भन्छु ताकि कसैलाई चोट नलागोस । यही कारणले मेरो अनुहारमा रिस दौडिरहेको हुन्छ ।’

बताइरहनु नपर्ला कि शाहरुखका यी सबै जवाफहरु ‘हावा’ हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment