+
+
Shares

राप्रपाले निर्वाचन आयोगको कार्यालय घेराउ गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत ७ गते १०:२८

७ चैत, काठमाडौं । विधानबाट राजसंस्था र हिन्दु राष्ट्रसम्बन्धी वाक्यांश हटाइदिएको विरोधमा सत्तारुढ राप्रपाले निर्वाचन आयोग घेराउ गर्दैछ ।

आयोगले यसअघि राप्रपाको विधान संविधानसँग बाझिएको भन्दै राजसंस्था र हिन्दु राष्ट्र सम्बन्धी वाक्यांश हटाएर प्रमाणित गर्ने निर्णय गरेको थियो ।

त्यसको विरोधमा कान्तिपथस्थित आयोगको केन्द्रीय कार्यालय घेराउ गर्न लागिएको राप्रपाले जनाएको छ ।

राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठका अनुसार राप्रपाका नेता-कार्यकर्ताहरु सोमबार दिउँसो १२ बजे शान्तिवाटिकामा जम्मा भएर आयोग कार्यालयसम्म पुगेर प्रदर्शन गर्नेछन् । त्यसपछि आयोग कार्यालय अगाडि एक घण्टा धर्ना दिने कार्यक्रम छ ।

स्वतन्त्र बिचार बोक्न पाउनुपर्ने संवैधानिक अधिकारमा आयोगले कुठाराघात गरेको राप्रपाको आरोप छ । आयोगको निर्णयबाट असन्तुष्ट राप्रपाले निर्णय नसच्चिए सरकारबाट बाहिरिने चेतावनी दिएको छ र आइतबार संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता गराएको छ ।

संविधानको धारा ४ (१)को व्यवस्था संशोधन गर्न राप्रपाको माग छ । धारा ४ (१) मा रहेको ‘धर्म निरपेक्ष’ भन्ने पदावलीको सट्टा ‘पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्र’ राख्न संशोधनमा माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?