+
+
Shares

गीतकार नृपेशको नयाँ भिडियो सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत ७ गते ११:०७

बेलायत । गीतकार एवं पत्रकार नृपेश उपे्रतीको शब्द रहेको गीत ‘सुरु भाको छ…’को म्युजिक भिडियो बेलायतवाट सार्वजनिक गरिएको छ ।

पुरुसोत्तम सुवेदीको स्वर र संगीत रहेको उक्त भिडियो पत्रकार महासंघ युकेको साधारणसभाको अवसरमा बिबिसी विश्व सेवाका नवीन सिंह खड्काले विमोचन गरेका थिए ।

दिपेन्द्र केसीको निर्देशन रहेको उक्त भिडियोमा नीता ढुंगाना, सोहम र सागरको फिचरिङ रहेको छ । गीत लेखनमा सक्रिय उप्रेतीको यसअघि मेरो ठुम्कामा, आफ्नै जीन्दगी आफैलाई…लगायत दर्जनौ गीत सार्वजनिक भइसकेको छ ।

नयाँ गीतको भिडियोबाट सकारात्मक प्रतिक्रियाबाट उत्साहित भएको उप्रेतीले बताए ।

भिडियो हेर्नुहोस्

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?