Comments Add Comment

व्यवसायीको धम्की- भक्तपुरमा साझा भित्र्याए ग्रामिण सेवा ठप्प

७ चैत, भक्तपुर । भक्तपुरका यातायात व्यवसायीले भक्तपुरमा साझा बस भित्र्याए ग्रामिण भेगका सम्पूर्ण रुट ठप्प पार्ने धम्की दिएका छन् ।

रफत सञ्चार क्लवमा आज पत्रकार सम्मेलन गरी व्यवसायीहरुले साझा यातायातले शहरी भेगमा मात्र रुट सञ्चालन गर्न लागेको भन्दै विरोध जनाए । त्यसो भएमा आफूहरुले भक्तपुरका ग्रामिण क्षेत्रमा सार्वजनिक सवारी ठप्प पार्ने धम्कीपनि उनीहरुले दिए ।

भक्तपुर मिनिवस सेवा समितिका अध्यक्ष ज्ञानेन्द्र महर्जनले समिति अन्र्तगत १७ रुटका ३ सय ३७ गाडी सञ्चालनमा रहेपनि यात्रुहरुको सेवालाई ध्यान दिएर थप ४० वटा साझा बस सरहका गाडी मगाइएको जानकारी दिए ।

उनले ग्रामीण भेगमा घाटा सहेर पनि यातायात सञ्चालन गरिरहेको बताउँदै शहरी भेगमा नाफा कमाउने हिसावले साझा बस भित्र्याउन खोजिएको दावी गरे ।

समितिका अध्यक्ष महर्जनले सरकारले काठमाडौंमा नचलेपछि साझा भक्तपुर पठाउन लागेको आरोपसमेत लगाए । उनले प्रश्न गरे, ‘साझाले भन्दा राम्रो सुविधा हामी दिन्छौं भने भक्तपुरमा साझा किन चाहियो ?’

कोटेश्वर पूर्व बस समन्वय समितिका अध्यक्ष बलराम त्वानाबासुले मिनीबस सेवा समितिले ४१ सिट क्षमताको लामो बस ४० वटा आउन लागेको अवस्थामा काठमाडौको रुटमा घाटा भएपछि साझा बस भक्तपुर चलाउने कार्यको विरोध गरे ।

भक्तपुर मिनिवस सेवा समितिका पूर्व अध्यक्षहरु रामकाजी भुजू र राजन कसलवटले सरकारले सहकारीबाट ऋण लिएर सञ्चालनमा रहेका बसहरुलाई बन्द गराउँदै सहकारी डुबाउने खेलमा लागेको आरोपसमेत लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment