+
+
Shares

बेलडाँडी नगरपालिका गाउँपालिकामा परिणत

रासस रासस
२०७३ चैत ८ गते ११:२२

८ चैत, कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी नगरपालिका स्थानीय निकाय पुनःसंरचनाअनुसार गाउँपालिकामा परिणत भएको छ ।

बेल्डाँडी गाउँपालिका भएपछि गाउँपालिकाबाट हुने सबै काम धमधम हुन थालेका छन् ।
बेल्डाँडी नपाको जनसङ्ख्या नपुग्दा गाउँपालिका बनाइएको हो ।

बेल्डाँडी नपाका ११ वटा वडामध्ये गाउँपालिकाका पाँच वडामा सीमित भएको छ । साविक बेल्डाँडी नपाको १ र ४ मिलाएर १ नं वडा, २, ३ र ५ मिलाएर २ नं, ६ र ७ मिलाएर ३ नं, ८ को ४ नं, ९, १० र ११ नं मिलाएर ५ नं वडा बनाइएको छ । बेल्डाँडी गाउँ कार्यपालिकाले पाँचवटै वडाको जिम्मेवारी तोकेको छ ।

वडा नं १ र २ वडाको जिम्मा कमला बडाललाई ३ नंको तेजबहादुर सुनार, ४ र ५ नंको राजबहादुर विष्टलाई जिम्मा दिइएको बेल्डाँडी गाउँपालिकाका नायब सुब्बा राजबहादुर विष्टले जानकारी दिनुभयो ।

यसैगरी, नयाँ पुनःसंचरनाअनुसार देखतभूली गाविस, शङ्करपुर गाविस र वाइसेविचवा गाविसका केही वडा मिलाएर बनाइएको लालझाडी गाउँपालिकाको शङ्करपुरमा कार्यालय तोकी कार्य अगाडि बढाइएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?