Comments Add Comment

यातायात व्यवस्था बिभागका अधिकृतबिरुद्ध भ्रष्टाचार मुद्धा दायर

९ चैत, काठमाडौं । सेवाग्राहीसँग घुस लिएको अभियोगमा यातायात व्यवस्था बिभाग मिनभवनका शाखा अधिकृत अर्जुनप्रसाद रिजालबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान अयोगले बिशेष अदालतमा मुद्धा दायर गरेको छ ।

मोटर ड्राइभिङ इन्स्िटच्युड दर्ता गर्ने प्रायोजनमा सेवाग्राहीसँग २५ हजार घुस लिँदैगर्दा अधिकृत रिजाललाई अख्तियार केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो ।

अख्तियारले आज जारी गरेको बिज्ञप्तिमा रिजालबिरुद्ध २५ हजार बिगो दावीसहित बिशेष अदालतमा मुद्धा दायर गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment