Comments Add Comment

त्रिपक्षीय बैठकमा ओली अनुपस्थित

१० चैत, काठमाडौं । चीन जानु अघि प्रधानमन्त्री पुष्पकमल दाहालले आहृवान गरेको मधेसी मोर्चासहित प्रमुख दलहरुको बैठक सुरु भएको छ ।

तर, बैठकमा प्रमुख विपक्षी दलका नेता केपी ओली सहभागी छैनन् । एमालेबाट उपाध्यक्ष बामदेव गौतम र संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी छन् ।

बैठकमा सत्तारुढ दलहरु माओवादी, कांग्रेस र राप्रपाका शीर्ष नेताहरु सहभागी छन् । यस्तै मधेसी मोर्चामा आवद्ध दलका पनि शीर्ष नेताहरु सहभागी छन् ।

बालुवाटारमा बसेको बैठकमा संविधान संशोधन र स्थानीय तहको निर्वाचनका विषयमा छलफल भएको छ । बैठकमा प्रधानमन्त्री प्रचण्डले संविधान संशोधनमा सहमति सिमाकंनको विषयपछि टुंगो लगाउने गरी अन्य विषयमा सहमति जुटाएर स्थानीय तहको निर्वाचनमा जुट्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment