+
+
Shares

यी हुन् फिनल्याण्डको स्थानीय निर्वाचनमा भिड्न लागेका नेपालीहरु

श्रवण खनाल श्रवण खनाल
२०७३ चैत ११ गते १०:५०

११ चैत, हेल्सिन्की फिनल्याण्डमा आगामी अप्रिल मा हुने स्थानीय निर्वाचनमा चार जना नेपालीहरु चुनावी मैदानमा उत्रिएका छन् । उनीहरु फरकफरक पार्टीको प्रतिनिधित्व गर्दै फरकफरक शहरबाट चुनाबी मैदानमा उत्रिएका हुन् ।

फिनल्याण्ड भन्नासाथ धेरै मानिसहरुको जिउ लगलग काम्न थाल्छ । झट्ट  सुन्दा माइनस ४०५० डिग्रीसम्म हुने चिसो, ६ महिना घामै देख्न नपाइने देशमा अहिले चुनाबी माहोल ह्ववात्तै बढेको छ । ५४ लाख कुल जनसँख्या रहेको देशमा हजारकोहाराहारीमा नेपालीहरु रहेको अनुमान छ। स्थानीय निर्बाचनमा यति धेरै नेपालीहरु उमेद्वारको रुपमा खडा भएका कारणयहाँको नेपाली समुदायमा पनि यसपटक झनै चासो बढेको हो

बिदेशमा मेहेनती, मिलनसार, इमान्दारको छवी बनाएका नेपालीहरु अब बिदेशी भुमिमा नीति निर्माण तह अर्थात् राजनीतिकक्षेत्रमा पनि आफ्नो बाक्लो उपस्थिती जनाउन सक्रिय देखिन्छन् ।

ब्योमा ताम्राकार

फिन्ल्याण्डको राजधानी हेल्सिन्कीबाट उम्मेदवारी दिएकी ब्योमा ताम्राकार नेपालीहरु बिच चीर परीचित नाम हो। २५ बर्षदेखि फिन्ल्याण्डमा बसोबास गर्दै आएकी ताम्राकारले यहाँका बिभिन्न सामाजिक सँस्थाहरुमा आवद्द हुनुका साथै नेपालीभाषाकी शिक्षिका एबम् अनुबादकको भूमिका समेत निभाउँदै आएकी छिन् ।

हेलसिन्की विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेकी उनले स्विडिश पिपुल्स पार्टीबाट उम्मेदवारी दिएकी हुन् । उक्त पार्टी हाल फिन्ल्याण्डमा नाम सुनिएका मध्ये पहिलो हो, जुन १९०६ मा दर्ता गरिएको थियो ।

यो पार्टी यसअघिको स्थानिय चुनाव सँसद्को चुनाव दुबैमा सातौँ बरियतामा परेको थियो। अल्पसँख्यक जनता,आप्रबासीका मुद्दामा बढी केन्द्रित उक्त दलबाट उम्मेदवारी दिएकी ब्योमाले पार्टिगत भन्दा पनि ब्यक्तिगत भोट बटुल्नचुनावी प्रचारमा कम्मर कसेर लागेकी छिन् ।

बिभिन्न क्षेत्रको प्रतिनिधित्व हुने गरी स्वयंसेवक समुह गठन गरेर, नेपाली, बङ्गाली, भारतीय एबम अन्य प्रवासीमतदाताहरुसँग भेट्घाट एबम परामर्शमा ब्यस्त रहेकी ताम्राकारले आफूले जितेको खण्डमा फिनिश श्रमबजारमा समानअवसर सिर्जना, आप्रवासीहरुका लागि तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रम, नगरपालिकाको आवास सुविधामाआप्रवासीहरुको समान पहुँच लगायत एजेण्डाहरुमा काम गर्ने बताएकी छिन्।ब्योमा ताम्राकारको चुनाबी नम्बर २२८ रहेको छ ।

सन्तोषसागर सिलवाल

सन्तोषसागर सिलवाल अर्थात लीला सिलवाल बिगत १५ बर्षदेखि फिन्ल्याण्डमा बस्दै आएका अर्का एक नेपाली युवा हुन् । उनले पनि आउँदो स्थानीय चुनावमा आफ्नो उम्मेदवारी दिएका छन् । गैरआबासीय नेपाली संघ फिनल्याण्ड गठन गर्नमामहत्वपूर्ण भूमिका निभाएका सिलवालले राष्ट्रिय एकीकृत पार्टी (कोकोमुस ) बाट एस्पो नगर परिषदमा आफ्नो उम्मेदवारीदिएका हुन्।

बर्ष देखि उक्त पार्टिमा आवद्द सिलवाललाई यस अघिको निर्वाचनमै टिकट दिइएको भए पनि उनले आफूलाई अझैराजनीतीक रुपमा परिपक्क पार्नु उचित ठानेर पार्टीमा काम गर्दै सघाएका थिए। पारिवारिक मान्यता, ब्यक्तिगत अधिकारहरुएबम उद्यमशिलता जस्ता एजेन्डाहरु उनको दल कोकोमुसले लिएको छ ।

हाल सिलवाल नगर परिषदको शिक्षा तथा बालबिकास कार्य समितिमा आफ्नो भूमिका निर्वाह गरिरहका छन् । सिलवालआवद्ध पार्टी फिन्ल्याण्डमा सन् १९१८ मा गठन गरिएको थियो जुन यस अघिको स्थानिय निर्वाचनमा पहिलो सँसदियनिर्वाचनमा दोस्रो ठूलो दल रहेको छ। नीती निर्माण गर्ने तहमा जिम्मेवारी लिन पाएको खण्डमा फिनिश समाजको बारेमा भित्रैदेखि बुझ्ने भविस्यका दोस्रो पुस्ता वा नेपाली फिनिशहरुको चौतर्फी बिकासको लागि काम गर्न मार्ग प्रशस्त हुने विश्वाशसिलवालले लिएका छन् ।

फिनिश भाषामा माट्रीकुलेशन पास गरेका, अनुबादकको काम समेत गरेका उनले एमबिए अध्ययन पुरा गर्दै आफ्नोजिम्मेवारी उचित तवरले निर्वाह गर्न सक्ने क्षमता देखाएका छन्। ब्यानर , इभेन्ट , ब्यक्तिगत भेटघाट मार्फत आफ्नो प्रचारगरिरहेका सिलवालका लागि स्थानीय फिनिश एबम आप्रवासी मतदाताहरु उत्तिकै महत्वपूर्ण छन् । उनको चुनाबी नम्बर ९२ रहेको छ।

गोविन्द रिजाल

गेवीन क्षत्रीको नामबाट फिन्ल्याण्डको सांगीतिक क्षेत्रमा चर्चा कमाएका अर्का उम्मेदवार हुन् गोविन्द रिजाल ।  

केहि हप्तापहिला भोईस अफ फिन्ल्याण्डमा दोस्रो चरणमा पुगेका गायक रिजालको वास्तविक नाम समेत धेरै नेपालीलाई थाहा थिएन होला ।  तर ६२ हजार मात्र जनसंख्या रहेको फिन्ल्याण्डको सानो शहर सेइनायोकीबाट आउँदो चुनावमा उठ्ने आँट गरेका २६ बर्षे यी युवा सो क्षेत्रका प्रबासीमाँझ प्रेरणाका स्रोत बनेका छन् ।

फिन्ल्याण्डको सबैभन्दा पुरानो पार्टी सोसियाल डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बनेका रिजाल ७ बर्षदेखि फिन्ल्याण्डमा बसोबास गर्दै आएका हुन् । आप्रबाशीहरु, अझ अल्पबिकसित मुलुकका बासिन्दाहरु अति न्युन रहेको उक्त शहरमा नीति निर्माण तहमा समेत आफ्नो उपस्थिति  हुन सकेमा सामाजिक सेवाका क्षेत्रमा ठुलो सहयोग हुने आशा लिएका छन् ।

बिगतका निर्वाचनहरुमा युवा मतदाताहरु मतदानमा कम सहभागि हुने गरेको तथ्यलाई दृष्टिगत गर्दै रिजालले बिभिन्न फोरममार्फत यूवा बर्गलाई लक्षित गरेर आफ्नो चुनाबी प्रचार गरिरहेका छन् । उनी आवद्ध पार्टी यसअघिको स्थानीय निर्वाचनमा पहिलो र संसदीय चुनावमा चौथो बनेको थियो । फिन्ल्याण्ड आएदेखी नै विद्यार्थी संघ, रेड्क्रसलगायत अन्य सामाजिक कार्यमा लागेका रिजालको राजनैतिक यात्रा युवा पिँढी र आप्रबाशीहरुका लागि एउटा सकारात्मक सन्देश बन्नेछ। उनको चुनाबी नम्बर २६० रहेको छ।

अनिता बि..

फिन्ल्याण्डको स्थानीय निर्वाचनमा नेपाल चिनाउने अर्की महिला हुन् अनिता बि क। फिन्ल्याण्ड आएको भर्खरै ५ बर्ष पुगेकी अनिता दुई बच्चाकी आमाकी भूमिकाको साथै फिनिश भाषासमेत अध्ययन गर्दै राजनीतिमा लाग्न भ्याएकी छिन् ।

हरियाली पार्टी (ग्रीन पार्टी) को तर्फबाट कोपियो नगरबाट उम्मेदवारी दिएकी २६ बर्षे अनिताले पहिलो पटक स्कुल पनि फिन्ल्याण्ड आएपछि नै गएकी हुन् । रुकुम गोतामकोटमा जन्मेकी निरक्षर अनिता श्रीमानको राम्रो साथ पाएर आज लेखपढ गर्न, फिनिश भाषा बोल्न सक्ने भएर निर्वाचनमा समेत भाग लिन सक्ने भएकी छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?