Comments Add Comment

कर्ण बोहराद्वारा रचित गीति एल्बम बिमोचन

१२ चैत, कञ्चनपुर । नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले स्वर्गीय पत्रकार कर्ण बोहराद्धारा रचित तथा गायक शिशिर योगीद्वारा स्वरबद्ध ‘ममता’ नामक गीति एल्बमको बिमोचन गरिएको छ ।

शिशिर योगीे र पत्रकार श्रीराम सिग्देलको सहयोगमा निर्माण गरिएको श्रब्यदृष्यसहितको सीडी एल्बमको बिमोचन बरिष्ठ पत्रकार नारायण वाग्ले लगायतले गरेका छन् ।

स्वर्गीय कर्ण बोहराद्धारा लेखिएको उक्त एल्बममा गायक योगीको स्वर छ । ‘ममता’ एल्बमको विमोचन गर्दै पत्रकार वाग्लेले पत्रकारहरुको छाता संगठनले गरेको यो ‘ममता बचाऊ अभियान’ ले पत्रकारहरुमा थप उर्जा प्रदान गरेको यस्ता कार्यलाई निरन्तरता दिन आवश्यक रहेको बताए ।

कार्यक्रममा शिशिर योगीले स्वर्गीय कर्ण बोहराद्वारा रचित केहि गीतहरु समेत गाएर सुनाएका थिए । सोही कार्यक्रममा नेपाल पत्रकार महासंघका कोषाध्यक्ष सुर्यमणि गौतमले स्वर्गिय पत्रकार बोहराकी श्रीमतीको उपचारका लागि संकलन गरिएको रकम ममता बोहरालाई हस्तान्तरण गरेका छन् ।

संकलित सहयोग रकम १५ लाख ३५ हजार ५ सय ९ रुपैयाँको चेक र सुदूरपश्चिम शाखाबाट संकलित १ लाख ६५ हजारको चेक हस्तान्तरण गरेका थिए ।

पत्रकार महासंघको केन्द्रीय कार्यालयबाट हालसम्म जम्मा १९ लाख २३ हजार ७ सय ३८ रुपैया रहेको गौतमले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment