+

महिलाले कुन उमेरमा स्तनलाई कसरी आकर्षक देखाउने ?

२०७३ चैत  १३ गते ११:३२ २०७३ चैत १३ गते ११:३२
महिलाले कुन उमेरमा स्तनलाई कसरी आकर्षक देखाउने ?

महिलाको समग्र व्यक्तित्वमा स्तनको पनि भूमिका हुन्छ । अधिकांश महिलाले बच्चालाई जन्म दिएपछि स्तनपान गराउनुपर्छ । आमाको दुध बच्चाको लागि सबैभन्दा स्वस्थ्यकर र पोषिलो मानिन्छ । तर, धेरै महिला स्तनकै कारण समस्या खेप्न बाध्य हुन्छन् । महिलाहरुमा स्तन क्यान्सरको जोखिम पनि उत्तिकै हुन्छ ।

अतः कुन उमेरमा स्तनलाई कसरी हेरचाह गर्ने ? वा कसरी आकर्षक बनाउने ?

२० बर्षको उमेरमा

यस उमेरमा स्तनको आकार निकै आकर्षक हुन्छ । यो कसिलो पनि हुन्छ । सकेसम्म यसको सौन्दर्यलाई कायम राख्न ब्राको छनौट र प्रयोगमा पनि ध्यान दिनुपर्छ ।  दिउसो वा वर्किङ टाइममा सपोर्टिव ब्रा पहिरिनुपर्छ । र, व्यायाम गरेको बेला स्पोर्टस् ब्रा पहिरिनुपर्छ ।

३० बर्षपछि

अक्सर यो उमेरमा महिला गर्भवती भइसकेका हुन्छन् । गर्भाअवस्थामा स्तनको अकार बढ्छ । साथै स्ट्रचे माक्र्स पनि आउँछ । त्यसैले उक्त समयमा हल्का व्यायम गरेर तौललाई नियन्त्रण गर्ने । स्तनपान गराइरहनुभएको छ भने मेटरिनिटी ब्रा लगाउनुपर्छ । त्यसपछि सर्पोटिभ ब्रा लगाउनु पर्छ ।

४० बर्षपछि

उमेर बढेसँगै स्तनको आकार र दुध ग्रन्थी पनि सुक्दै जान्छ । यससँगै स्तन सिथिल हुन्छ । यसले स्तन झोलिएको देखिन्छ । त्यसैले पुशअप ब्रा लगाउनुपर्छ । यसले छातीलाई कसिलो देखाउँछ । यदि स्थायी उपचार चाहिएमा शल्याक्रिया पनि गराए हुन्छ ।

स्तनमा देखिने समस्या

–    १३ प्रतिशत महिालाको स्तनमा सानो गाठो देखिन सक्छ । १ वा २ सेन्टिमिटरको गाँठो दबाउँदा यताउता सर्न सक्छ । लगभग ५० प्रतिशत महिलामा महिनावरी रोकिएपछि अर्थात रजनोबृद्धिपछि आफै ठीक हुन्छ ।

–    स्तनपान गराउने हरेक तेस्रो महिलाको छातीमा रातो सुन्निएको देखिन्छ । र, यो निकै दुख्ने प्रकृतिको हुन्छ । एन्टिबायोटिक यसको समाधान हुनसक्छ । यद्यपी कहिले कहिं शल्याक्रिया गर्नुपर्ने अवस्था पनि आउँछ ।

–    ४० बर्षपछि शरीर रजनोबृत्तिका लागि तयार हुँदै हुन्छ । यसले डिम्बबिसर्जन पहिला धेरै मात्रामा एट्रोजन हर्मोन बनाउँछ । यतिबेला १-२ इन्चको चौडा तरल पदार्थले भरिएको अवस्थामा देखिन्छ । कतिपय अवस्थामा चिकित्सकले यो तरल पदार्थ बाहिर निकालिदिन्छ ।

कसरी परीक्षण गर्ने ?

मासिक श्रावको बेला स्वंमले स्तनको परीक्षण गर्न सकिन्छ । साथै बर्षमा एक पटक स्त्री रोग बिशेषज्ञबाट परीक्षण गराउनुपर्छ ।

महिनामा एक पटक आफै स्तन परीक्षण गर्नुपर्छ । यदि आफ्नो आमा वा सन्तानमा कसैको ब्रेस्ट क्यान्सर थियो भने, ३५ बर्षपछि मेमोग्राम आवश्य गराउनुपर्छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

मिर्गौला खराब हुँदा देखिने सुरुवाती ७ संकेत

मिर्गौला खराब हुँदा देखिने सुरुवाती ७ संकेत

पाठेघर नै नभएकी डाक्टर, आमा बन्ने चाहना राख्दा गुहार्नु पर्‍यो अदालत

पाठेघर नै नभएकी डाक्टर, आमा बन्ने चाहना राख्दा गुहार्नु पर्‍यो अदालत

मस्तिष्कको रहस्यमय पिनियल ग्रन्थी, जसले नियन्त्रण गर्छ चेतना

मस्तिष्कको रहस्यमय पिनियल ग्रन्थी, जसले नियन्त्रण गर्छ चेतना

स-साना कुरामा पनि तनाव भइरहनु, के यो मानसिक समस्या हो ?

स-साना कुरामा पनि तनाव भइरहनु, के यो मानसिक समस्या हो ?

राष्ट्रिय प्रत्यारोपण केन्द्रले विविध कार्यक्रम गरी मनायो विश्व मिर्गौला दिवस

राष्ट्रिय प्रत्यारोपण केन्द्रले विविध कार्यक्रम गरी मनायो विश्व मिर्गौला दिवस

विश्व मिर्गौला दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल : अंग प्रत्यारोपितको टोली विजयी

विश्व मिर्गौला दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल : अंग प्रत्यारोपितको टोली विजयी