Comments Add Comment

थ्रेस होल्डको बिरोध गर्दै साना १० दलहरुबीच एकीकरण

१३ चैत, काठमाडौं । थ्रेस होल्डको विरोध र स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै १० वटा साना राजीनीतिक दलहरु एक भएका छन् ।

आइतबार रिपोर्टर्स क्बल नेपालमा संयूक्त राष्ट्रवादी समाजवादी पार्टीले पत्रकार सम्मेलन गरेर १० साना राजनीतिक दलहरूबीच एकता भएको घोषणा गरेको छ । पार्टीहरुवीच एकता भएसँगै अब छिट्टै एकता महाधिवेशन हुने समेत जनाएको छ ।

राष्ट्रिय चुरेभावर पार्टी, ग्रेटर नेपाल राष्ट्रबादी मोर्चा नेपाल, राष्ट्रिय पुनर्जागरण पार्टी, बहुजातीय समावेशी पार्टी, जनप्रजातान्त्रिक पार्टी, नेपाल गणतान्त्रिक जनता पार्टी, नेपालबादी पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन, नेकपा माले समाजबादी र संयुक्त राष्ट्रबादी समाजबादी पार्टीबीच एकीकरण भएको हो ।

पार्टीका संयोजक कमल प्रसाद चौलागाईंले ‘राष्ट्रवादी शक्ति एकजुट होऔँ’ भनेर अपील गर्दै भने, ‘निर्वाचन आयोग र मूख्य राजनीतिक दलहरूले थ्रेस होल्डको नाममा संघीयता र समावेशिताको धज्जी उँडाए, हामी यसको घोर भत्र्सना गर्छौं ।’

चौलागाईले अहिलेका मूख्य राजनीतिक दलहरुले राजनीतिक सिण्डिकेटलाई प्रश्रय दिएको र समावेशीताको सिद्धान्त लत्याएको आरोप लगाए । धर्म र जातीयताको मुद्धा पश्चिमीहरुबाट र स्वायत्त प्रदेशको मुद्दा भारतले लादेर नेपाल खण्डर बनाउन लागेकोतर्फ उनले सबैलाई सचेत गराए ।

त्यस्तै नेकपा माले ‘समाजवादी’का अध्यक्ष विष्णुराज अर्यालले ३ प्रतिशत थे्रस होल्ड राख्ने निर्वाचन आयोग र मुख्य दलहरूको चर्को आलोचना गरे । कार्यक्रममा यूवराज सफलले थ्रेस होल्डको बिरोध नभएर राष्ट्रवादीहरूको एकता भएको बताउदै भने, ‘पार्टीको झण्डा, निर्वाचन चिन्ह लगायत अन्य सैद्धान्तिक कुराहरूको बारेमा एकता महाधिवेशन पनि निर्णय गर्नेछौं ।’

सफलले राष्ट्रिय जनमोर्चा र नेकपा मालेलाई पनि एकीकरणमा बाँधिन अपील गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment