Comments Add Comment

गर्मीमा चस्माः कसरी छान्ने आफ्नो अनुहार अनुसारको फ्रेम ?

गर्मी चर्कदैछ । बाहिर हिँडडुल गर्दा घामले रापिनु त छदैछ, धूलो र धुँवाले पनि सास्ती दिन्छ । यस्तो अवस्थामा तपाईको निम्ति उपयोगी हुनसक्छ, सन ग्लास ।

यसले समर फेसनमा नयाँ फ्लेवर त दिन्छ नै, साथसाथै आँखाको सुरक्षा पनि । गर्मी याममा सन ग्लासको प्रयोग फेसनेवल देखिनुका साथै आँखाको रक्षाको लागि उपयोगी हुन्छ । घामको चर्को प्रकास, धूलो, धुँवा आदिको सोझो प्रभावबाट सन ग्लासले आँखालाई जोगाउँछ ।

यद्यपी कस्तो सन ग्लास लगाउने ? यसमा ध्यान दिनैपर्छ ।

कस्तो सन ग्लास लगाउने ?

सन ग्लासको नाता स्टाइलसँग मात्र छैन, आँखाको स्वास्थ्यसँग पनि छ । त्यसैले सन ग्लास गुणस्तरिय हुनुपर्छ, जसले आँखामा सुरक्षा प्रदान गर्न सक्छ । समरमा घाममो परावैजनी किरणलाई अवशोषित गर्ने क्षमता भएको सन ग्लास लगाउनुपर्छ । यसका लागि सकेसम्म राम्रो र चलेको ब्रान्डको सन ग्लास छनौट गरौ । यसमा अलिकति पनि पावर हुनुहुँदैन । सनग्लास पातलो भन्दा ठूलो राम्रो हो, जसले पुरै आँखा छोप्छ । सनग्लासको सिसा कालो र खैरो उत्तम हुन्छ । तर, नीलो वा हरियो रंग भए राम्रो मानिदैन ।

यस्ता सनग्लास तुलनात्मक रुपमा महंगो पर्छ । तर, त्यसले तपाई फेसनप्रति कति सचेत हुनुहुन्छ भन्ने मात्र दर्शाउँदैन, स्वास्थ्य प्रति पनि ।

नेपालमा कुन कुन ब्रान्डको पाइन्छ ?

नेपाली बजारमा थुप्रै ब्रान्डका सनग्लास पाइन्छ । यद्यपी असली ब्रान्ड भने चिन्न सक्नुपर्छ । फुटपाथमा उपलब्ध हुने सन ग्लास गुणस्तरिय हुँदैन । नेपाली बजारमा गुची, रेबन, भरसिज, जारा, फुजी, क्रिस्टिन डाई, अर्मानी, पोलिस आदि ब्रान्डका सन ग्लास उपलब्ध छ ।

कस्तो सनग्लास सुहाउँछ ?

कस्तो सन ग्लास सुहाउँछ भन्ने कुरा प्रयोग गर्ने व्यक्तिको अनुहारको बनौटमा निर्भर रहन्छ । लाम्चो अनुहार भएको र गोलाकार अनुहार भएको व्यक्तिलाई एउटै आकारको सनग्लास राम्रो देखिदैन । त्यसैले सनग्लास खरिद गर्नुअघि कस्तो सनग्लास लगाउने भन्ने कुरा ख्याल गर्नुपर्छ ।

–   अनुहार गोलाकार छ भने सानो आकारको सनग्लास सुहाउँछ । तर, उनीहरुले राउन्ड प्लेन फ्रेम लगाउन हुँदैन ।

–   गोलाकार अनुहारमा आयतकार फ्रेम पनि राम्रो मानिन्छ । गोलाकार अनुहारको लम्बाइ र चौडामा खासै अन्तर हुँदैन । यस्तो अनुहारमा आयतकार सनग्लास सुहाउँछछ ।

–   आयतकार अनुहार भएकाले एभिएटर फ्रेम उत्तम हुन्छ । लामो अनुहारलाई यस्तो फ्रेमले सहि आकारको देखाउन मद्दत गर्छ ।

–   बर्गकार अनुहार भएकाले अन्डाकार फ्रेम भएको सनग्लास लगाउँदा राम्रो देखिन्छ ।

–   स्क्वायर फेस भएकालाई अन्डाकार फ्रेम सुहाउँछ ।

सावधानी

–   कमसल वा पराबैजनी किरणलाई अवशोषित गर्ने क्षमता नभएको सन ग्लासले आँखालाई बेफाइदा गर्छ ।

–   सन ग्लासको सिसामा अलिकति पनि पावर हुनुहुँदैन ।

–   चर्को प्रकास नभएको स्थानमा सनग्लासको खासै उपयोग हुँदैन । त्यस्ता स्थानमा आँखाको पुतलीको स्वभाविक लचकता कम भएर फोटोफोबिया रोग हुन सक्छ ।

–   निधारमा चस्मा अड्याएर नराखौ । यसले फ्रेम खुकुलो बनाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment