१६ चैत, काठमाडौं । काठमाडौंको रत्नराज्य लक्ष्मी(आरआर) क्याम्पसमा भारी मतअन्तरले एमालेनिकट अनेरास्ववियुको प्यानल नै विजयी भएको छ । अनेरास्ववियुका सभापतिका उम्मेदवार तपेन्द्रबहादुर शाही ६ सय ९९ मत ल्याएर विजयी भए भने उनका निकटम प्रतिद्वन्दी कांग्रेसनिकट नेविसंघका उम्मेदवार उत्तमबहादुर साउदले ३ सय ६७ मात्रै मत पाए ।
मंगलबार सम्पन्न स्ववियु निर्वाचनमा अनेरास्ववियुवका नारायण शर्मा ६ सय ९६ मतसहित सचिवमा र संगमप्रसाद देवकोटा ७ सय १० मतसहित कोषाध्यक्षमा विजयी भएका छन् ।
समानुपातिकतर्फ अनेरास्ववियुले ७ सय ७७, नेविसंघले तीन सय ५०, अनेरास्ववियु क्रान्तिकारी (प्रचण्ड)ले ५३, संयुक्त प्यानलले ५२, नेक्राविसंघले ५ र अनेरास्ववियु पाँचौँले ६ मत प्राप्त गरेका छन् ।
निर्वाचनमा तीन हजार ५ सय ८१ मतदातामध्ये एक हजार दुई सय ७८ मात्र मत खसेको थियो ।
मतपरिणामलाई माओवादी केन्द्रनिकट अनेरास्ववियु क्रान्तिकारीले स्वीकार नगर्ने बताएको छ । उसले निर्वाचनमा धाँधली भएको आरोप लगाएको छ । क्रान्तिकारी कसेसम्म निर्वाचन नहोस् भन्ने पक्षमा थियो ।
मंगलबार क्याम्पस हाताभित्र निर्वाचन भइरहँदा बाहिर तनाव भएको थियो ।
२३ फागुनमा निर्वाचन गर्ने तयारी भए पनि स्थानीय तहको चुनावको घोषणा भएकाले आचारसंहिता लाग्ने भन्दै रोकिएको थियो । सर्वोच्च अदालतको आदेशपछि मंगलबार निर्वाचन सम्पन्न भएको हो ।
प्रतिक्रिया 4