Comments Add Comment

अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पोको तयारी पुरा

१६ चैत, काठमाडौं । “शान्ती, सम्बृद्धि तथा स्वच्छ वाताबरणको लागि पुष्प व्यवसाय” भन्ने नाराका साथ सुरु हुन लागेको तेस्रो अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पो २०७३ को तयारी पुरा भएको छ । नेपाल सरकार कृषि बिकास मन्त्रालयको सहयोग तथा फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजनामा चैत १७ गतेबाट ४ दिन सम्मचल्ने यो मेलाको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने तय भएको छ ।

मेलामा भाग लिन आउने बिदेशी पाहुनाहरु नेपाल आइसकेको र उनीहरुले ल्याउने प्रबिधीका सामाग्रीहरु पनि नेपाल ल्याइ सकिएको जानकारी दिदै फ्यान अध्यक्ष कुमार कसजुले प्रदर्शनी हलमा व्यवसायीले आफ्ना स्टल सजाउने काम सकिसकेकोे बताए । उपत्यका भित्र कार्यालय समयमा हुने ट्राफिक जाम छल्दै बिहान र बेलुकी नर्सरीबाट फूल तथा बोट बिरुवा ल्याएको पनि उनले बताए ।

मेलामा मौसमी फूल, आलंकारीक बोट बिरुवा, कट फ्लावर, ड्राइ फ्लावर, सुनखरी, कम्पोष्ट मल, फूलको गानो, विउ विजन, ग्रीन हाउस, कृषि औजार, उपकरण, प्याकेजिगंका सामाग्री, सुक्ष्म तथा थोपा सिचाई प्रविधी र विषादीका प्रदर्शनी तथा विक्री कक्ष राखिएको छ ।

यो तेस्रो अन्तराष्ट्रिय फ्लोरा एक्स्पोबाट पुष्पव्यवसाय संचालन गर्न चाहने, घर आगन तथा बगैंचा सजाउन चाहने, फूल विरुवा प्रति अभिरुची राख्ने तथा यस सम्बन्धी ज्ञान हासिल गर्न चाहने सबैको निम्ति उपयोगी हुने विश्वास एशोसिएशनले लिएको छ । साथै पुष्पव्यवसायकोक्षेत्रमाभए गरेकानयाँनयाँप्रविधि र उपलब्धि सहितका जानकारी पनिमेला स्थलमा नै प्राप्तगर्न सकिने जानकारी दिदै महासचिब मिनबहादुर तामाङले प्रविधी बिस्तारकालागि भारत, बंगलादेश, श्रीलंका, चीन र दक्षिण कोरियालगायत मुलुकबाट पुष्प व्यवसायीहरुलाइ मेलामा सहभागी गराइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment