Comments Add Comment

नुहाउँदा बाथरुममा के-के गर्छु, मलाई मात्र थाहा छः प्रियंका कार्की


नायिका प्रियंका कार्कीलाई वैशाख १ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘राधे’को खुबै प्रतिक्षा छ । उनी, यो चलचित्रमा आफ्नो भिन्न भूमिका रहेको र मिहिनेत गरेको सुनाउँछिन् ।

उनै, प्रियंकाले अनलाइनखबरसँग ‘मस्ती टक’ गर्ने क्रममा निकै खुलेर कुरा गरिन् । प्रियंकाले आफूले धेरै काम गर्ने तर खानामा वेवास्ता गर्ने भएकाले पनि बारम्बार बेहोस हुने गरेको खुलाइन् ।

नेपाली चलचित्र क्षेत्रकी नम्बर १ नायिका कार्कीले नायिका केकी अधिकारीलाई नायक संयम पुरीसँग बिहे गर्न सुझाव दिइन् । उनले, सौगात मल्ललाई श्रृष्टी श्रेष्ठ र निशा अधिकारीलाई अर्पण थापासँग बिहे गर्न सुझाव दिइन् ।

प्रियंकासँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः

तपाई कोसँग बिहे गर्न चाहनुहुन्छ भन्ने रमाइलो प्रश्नमा उनले भनिन्-‘ म त ब्राड पिटसँग गर्न चाहन्छु । आफ्नो जोडी दिपकराज गिरी र दयाहाङ राइसँग पनि सुहाउने उनको भनाई छ ।’

काम भनेपछि आफूले सबै कुरा विर्सने बताउने प्रियंकाले विदेश जाँदा होटलको सामान पनि लिएर हिड्ने गरेकी रहिछन् । उनले होटलको चप्पल, चिनीको प्याकेट, कफिको प्याकेट लिएर आउने गरेको खुलाइन् ।

आजसम्म, बाथरुममा २ जना नुहाउनु भएको छ भन्ने रमाइलो प्रश्नमा उनले भनिन्-‘आजसम्म म २ जना नुहाएकी छैन । म नुहाउने कुरामा प्राइभेट छु । म बाथरुममा के-के गर्छु मलाई मात्र थाहा छ । म गीत गाउँछु, अभिनय गर्छु । कसैले देख्यो भने मलाई पागल भन्छ ।’

आजसम्म कहिले हतार भएर ‘इनर’ लगाउन विर्सनुभएको छ भन्ने प्रश्नमा उनले भनिन्-‘विर्सिएकी त छैन । तर, कतिपय पहिरनमा भित्री बस्त्र नै जोडिएको हुन्छ । ‘फन्को’को प्रिमियरमा आफूले लगाएको पहिरनमा भित्री बस्त्र नभएको उनले स्पष्ट पारिन् ।

प्रियंकाले जीवन, रोमान्स, करिअरका बारेमा निकै खुलेर कुरा गरेकी छिन्, जसका लागि तपाइले भिडियो नै हेर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment