+
+
Shares

भूकम्प स्मृति पार्कको लगानी जुटाउन हास्यव्यंग्य कार्यक्रम

बिकास मरहट्टा बिकास मरहट्टा
२०७३ चैत १६ गते १७:४६

१६ चैत, गोरखा । गोरखा सदरमुकामस्थित जिविस चोकमा भूकम्प स्मृति पार्क निर्माण गर्दा लागेको खर्च जुटाउन हास्यब्यंग्य कार्यक्रम हुने भएको छ ।

हास्यब्यंग्य मार्फत मनोरञ्जन प्रदान गरी भूकम्पको पीडा बिर्साउन हास्यब्यंग्यको आयोजन ागर्न लागिएको गोरखा जेसिजले बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

बिहीबार गोरखा सदरमुकामको खेलमैदानमा रहेको कवर्डहलमा हुने कार्यक्रममा चर्चित हास्यव्यंग्य कलाकारहरु जितु नेपाल (मुन्द्रे), विल्सन बिक्रम राइ (तक्मेबुढा), राजा राजेन्द्र, सुरेन्द्र केसी (मुलासाग), शिव शंकर रिजालको बिशेष हास्यव्यंग्य प्रस्तुती रहने गोरखा जेसिजका अध्यक्ष आनन्द गुरुङले जानकारी दिए ।

कार्यक्रम दिउँसो तीन बजेपछि सुरु हुनेछ । कार्यक्रममा गायिका माण्डवी त्रिपाठीको सांगितिक प्रस्तुती रहने छ ।

कार्यक्रम हेर्नका लागी ५०० टिकट शुल्क लाग्ने गुरुङले जानकारी दिए । उक्त कार्यक्रमबाट उठेको रकमले भूकम्प स्मृति पार्क बनाउँदा लागेको खर्च चुक्ता गरिने गोरखा जेसिजले जनाएको छ ।

गोरखा जेसिजले भूकम्पमा परी ज्यान गुमाएका गोरखालीको सम्झनामा करिव चार लाख ५० हजार लागतमास्मृति पार्क निर्माण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?