Comments Add Comment

हङकङले नेपाललाई दियो २१५ रनको लक्ष्य

१७ चैत, काठमाडौं । एसीसी इमर्जिङ कपमा हङकङले नेपालसामू २१५ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ ।

टस हारेर ब्याटिङ थालेको हङकङले ५० ओभरमा १० विकेट गुमाएर १२४ रन बनायो ।

हङकङको सुरुवात निकै राम्रो थियो । नेपालले २० ओभरसम्म विकेट नै लिन सकेन र क्यामरन म्याकुलसन र अन्शुमान राथको पहिलो विकेटका लागि ९५ रनको साझेदारी गरे ।

तर, पार्टटाइम बलरको भूमिकामा रहेका कप्तान ज्ञानेन्द्र मल्लले हङकङको महत्वपूर्ण विकेट लिए ।

२०.६ ओभरमा अन्शुमानको विकेट लिएका उनले २२.२ ओभरमा क्यामरन म्याकुलसनलाई पभेलियनको बाटो देखाए । अन्शुमानले ५१ र म्याकुलसनले ४३ रन बनाए ।

लगतै सन्दिप लामिछानेले तेस्रो सफलता दिलाए । उनले नजाकत खानलाई ज्ञप्तान ज्ञानेन्द्रको हातबाट क्याच गराए । खान मात्र ६ रनमा आउट भए । बाबर हायात मात्र ९ रनमा भुवन कार्कीको शिकार भए ।

तर, पाँचौं विकेटका लागि वाकस खान र वाजिद शाहले २६ रनको साझेदारी गरे । ४२ औं ओभरमा सुसन भारीले लगातार दुई विकेट लिए । यो ओभरको तेस्रो बलमा खानलाई विनोद भण्डारीको हातबाट क्याच गराएका उनले पाँचौं बलमा बाजिदको विकेट लिए । खानले ३० र शाहले १६ रन जोडे ।

सातौं विकेटका लागि इशान खानसँग २७ रनको साझेदारी गरेका को विकेट भुवन कार्कीले लिए । उनी २२ रन बनाएर आउट भए । साहिद वासिफले १८ रन जोडे । झाथा सुब्रमन्यन ३ र किल इसाई शून्यमा आउट भए ।
तनवीर अहमद ९ रनमा अविजित रहे ।

नेपालका अभिनाश कर्णले ३ विकेट लिए भने ज्ञानेन्द्र मल्ल, भुवन कार्की र सुसन भारीले २-२ विकेट लिए । सन्दिप लामिछानेको नाममा एक विकेट रहृयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment