+
+
Shares

निखिल र सौगातको ‘संरक्षण’ साउन १३ मा

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत १७ गते १४:४६


नेपाली चलचित्र क्षेत्रका चर्चित नायकद्धय निखिल उप्रेती र सौगात मल्लले एकसाथ काम गरेको चलचित्र ‘संरक्षण’को प्रदर्शन मिति तोकिएको छ । निर्माणमा केहि समय लिइएका कारण चलचित्रको प्रदर्शन मिति तय हुन सकेको थिएन । अब भने चलचित्र आउँदो बर्षको साउन १३ गतेबाट देशभरका हलमा रिलिज हुने भएको छ ।

चलचित्रका निर्माता मध्ये एक प्रदिप उदयले अनलाइनखबरसँग भने-‘हामीले चलचित्रलाई साउन १३ गतेबाट रिलिज गर्ने निर्णय गरेका छौ ।’चलचित्रमा निखिल उप्रेती, सौगात मल्लको साथमा मलिना जोशी, अशिष्मा नकर्मी, कामेश्वर चौरासिया, प्रमोद अग्रहरी, निर शाह, रमेश रंजन झाको मुख्य भूमिका छ ।

राजनीति, क्राइम, पत्रकारिता, राजनीतिज्ञ लगायतको कथालाई एकसाथ यो चलचित्रमा उतारिएको छ । चलचित्रलाई पुणेन्द्रु झाले निर्देेशन गरेका हुन् । चलचित्रलाई प्रदिप कुमार उदय र नरेन्द्र महर्जनले मिलेर बनाएका हुन् ।

चलचित्रमा परवेश मल्लिकको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, हिमाल केसीको एक्सन छ । साउन १३ गते चलचित्र ‘प्रेमगीत २’ले पनि प्रदर्शन मिति तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?