Comments Add Comment

बैद्य माओवादीले चुनावमा कांग्रेस र एमालेसँग तालमेल नगर्ने

१८ चैत, काठमाडौं । मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले स्थानीय चुनावमा कांग्रेस र एमालेसँग तामेलन नगर्ने बताएको छ ।

बैद्य माओवादीको बैधानिक मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले स्थानीय चुनावमा भाग लिने बताएको छ । सीपी गजुरेलको अध्यक्षतामा बसेको उसको बैठकले स्थानीय निर्वाचनलाई ‘क्रान्तिकारी उपयोग’ गर्ने निर्णय गरेको छ ।

साथै घोषणापत्र तयार पार्ने लगायतका काम अघि बढाउने निर्णय भएको मोर्चाका अध्यक्ष सीपी गजुरेलले बताएका छन् ।

तर, प्रतिगामी, प्रतिक्रियावादी र प्रतिक्रियावादन्मुख पार्टीसँग तामेलन नगर्ने र उनीहरुको भण्डाफोर गर्ने मोर्चाले बताएको छ । बैद्य माओवादीले कांग्रेसलाई प्रतिक्रियावादी र एमालेलाई प्रतिक्रियावादन्मुख पार्टी भन्दै आएको छ ।

बैद्य माओवादीको खुला मोर्चाले निर्वाचनमा मुद्दा तथाविषयवस्तु मिल्ने अन्य पार्टी र शक्तिहरुसँग तालमेल र समझदारी कायम हुन सक्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment