बिहान उठ्नेबित्तिकै हिमाल देख्न पाइयोस्
यीहातले सधैं सधैं नेपाल लेख्न पाइयोस…
कालिप्रसाद रिजालको रचना रहेको उक्त गीतवाट गायक रामकृष्ण ढकालले चौथो एकल साँझसुरु गरे । शुक्रवार काठमाडौंको प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा २ घन्टा १५ मिनेटको बसाईमाउनले दुई दर्जन गीत सुनाए । कार्यक्रमपहिलो र दोस्रो दुई भागमाविभाजनगरिएको थियो ।
दैव तेरो मायाको खेलले…, मलाई यो जिन्दगीले कहाँ पुर्यायो…., मन पराउने हजार भेटिन्छन् लगायतचर्चितगीत सुनाएका ढकालले भारतीयगायिकालतामंगेसकरसँग गाएको फूल भन्छ फुली रहुँ… पनि प्रस्तुत गरे ।
कार्यक्रममाउनले केबल गीतमात्रै सुनाएनन् । कुनगीतकसरि सिर्जना भयो । साथै आफ्नोजीबनका संघर्षका कथापनि सुनाए । ‘लगातार गीतमात्रै सुनाउनु भन्दागीत रचना सुनाउदा स्रोतालाई रमाइलो होलाभनेर हामीले गीत रचना सन्दर्भ पनि प्रस्तुतगर्यौं ।’ ढकालले भने ।
पहिलो सत्रमा १३ गीत सुनाएका ढकालले दोस्रो सत्रमा १० गीत प्रस्तुत गरे । उनलाई प्रविशाअधिकारी, देविकाबन्दना र जुना प्रसाईले साथदिएकाथिए ।
२०४५ सालमापहिलो पटक एकल साँझमागाएकाथिए ढकालले उक्त साँझमागाएको स्वर सम्राट नारायण गोपालको ‘मलाई नसोध कहाँ दुख्छ घाउ…’ गीतगाएकाथिए । त्यहि गीतवाट चौथो एकल साँझको बिट मारे ।
संगीतआश्रम निर्माणका लागि सहयोगस्वरूपविन्ध्यवासिनी फाउन्डेसनले गायक ढकालकोएकल साँझआयोजना गरेको थियो ।आयोजक संस्थाविन्ध्यवासिनी फाउन्डेसनकीअध्यक्षलिनाशर्मा रेग्मीले बुढेसकालमा संगीत सर्जकको एकलजीवन सुविधापूर्वक बितोस् भन्ने उद्देश्यलेसंगीतआश्रम निर्माणका लागि ढकाललको एकल साँझगरिएको बताईन् ।
कार्यक्रममाभ्वाइस ब्यान्डका प्रमुखअमुलकार्की ढलीसहित अनुप दास, देवासिस, सञ्जीव बराइली, गोपाल रसाइली, रुपेश सिंह, बीपी सिंह, प्रदीपश्रेष्ठ, सुन्दर शाहलगायतले प्रत्यक्षवाद्यवादनमा साथदिएकाथिए ।
प्रतिक्रिया 4