Comments Add Comment

तपाईको यस्तो बानी, जसले दाम्पत्य जीवनमा फाटो ल्याउँछ

बिवाहपछि पती-पत्नीको सम्बन्ध प्रेममय भइदिए, एकअर्काको भावना बुझिदिए, सुख र दुखमा समान सहभागी भइदिए दाम्पत्य जीवन कति सुमधुर हुन्थ्यो होला । तर, असमझदारी, असहयोग, आशंका, अविश्वास जस्ता तत्वले दाम्पत्य सम्बन्ध खल्लो बनाइदिन्छ ।

पढेलेखेका, जान्ने बुझ्ने भन्नेहरुको दाम्पत्य पनि धरापमा परेको उदाहरण प्रशस्तै पाइन्छ । किनभने हाम्रो कतिपय प्रवृत्ति, बानी, व्यवहार बिवाहपछि पनि बद्लिदैन । त्यही खराब प्रवृत्तिले दाम्पत्य सम्बन्धमा फाटो ल्याउँछ ।

१. झुट बोल्ने

यदाकदा आफ्नो बचाउको लागि वा राम्रै कामको लागि पनि हामी झुट बोल्न बाध्य हुन्छौ । तर, कतिको बानी झुट बोल्ने वा छल्ने किसिमको हुन्छ । उनीहरु यर्थाथलाई ढाकछोप गरेर झुटको साहारा लिन्छन् ।

जब पतिले पत्नी वा पत्नीले पतिलाई झुट बोलेर वास्तविकता लुकाउन थाल्छ । उनीहरुमा भ्रम पैदा हुन्छ । अविश्वास पैदा हुन्छ । एकले अर्कालाई विश्वास गर्ने वातावरण बन्दैन । यसले दाम्पत्य सम्बन्धलाई नराम्ररी थला पार्छ ।

२. बदल्ने प्रयास

हरेकको जन्मजात स्वभाव हुन्छ, खुबी हुन्छ । संसारमा जन्मिने कोहिपनि समान हुँदैनन् । तर, बिवाहपछि अक्सर पति/पत्नीले एकअर्कालाई आफु जस्तै बनाउने प्रयास गर्छन् । आफुले जो सोचिन्छ, जो बुझिन्छ त्यही नै पार्टनरले पनि सोच्नुपर्छ, बुझ्नुपर्छ भन्ने भावना धेरैमा हुन्छ । आफ्नो मर्जी अनुसार पार्टनरको स्वभाव, काम गर्ने तरिका बदल्न खोजिन्छ ।

यसले पारिवारिक सन्तुलन बिग्रन्छ । एकले अर्कालाई कम आँक्ने, हेला गर्ने प्रवृत्ति बन्छ । यहि कारण दाम्पत्य सम्बन्ध चिसिदै जान्छ ।

३. तुलना गर्ने

संसारमा कोहि कसैसँग तुलना हुनै सक्दैन । तर, बिवाहपछि पती-पत्नी एकअर्कासँग तुलना गर्न थाल्छन् । दोस्रो व्यक्तिसँग तुलना गर्दा आफ्नो पार्टनरको स्तरवृद्धि हुने होइन, बरु त्यसले मनोबल गिराउने काम गर्छ । कसैसँग आफ्नो पार्टनरलाई दाँजेर हेर्ने प्रवृत्तिले आफु स्वंमलाई दुखी र खिन्न तुल्याउँछ । पार्टनरप्रति अन्तुष्ट बनाउँछ ।

४. चियो चर्चा गर्ने

आफ्नो पार्टनरप्रति जहिल्यै शसंकित हुने प्रवृत्ति पनि कतिपयमा हुन्छ । पार्टनरको कुरामा शंका गर्ने, मोवाइल कल चेक गर्ने, म्यासेज पढ्ने, इमेल वा सोशल साइट्मा चासो राख्ने जस्ता बानीले दाम्पत्य सम्बन्ध मजबुद हुन दिदैन ।

५. अर्कोको सामु कुरा काट्ने

दोस्रो व्यक्ति वा परिवारका अन्य सदस्यका अगाडि आफ्नो पार्टनरको कुरा काट्ने बानीले दाम्पत्य जीवनमा नकारात्मक नतिजा दिन्छ । पार्टनरसँग रिस पोख्न वा आफुलाई राम्रो देखाउने वाहानामा पार्टनरलाई गिराएर वा होच्याएर अर्काको अगाडि कुरा नगरौं ।

६. आफ्नोलागि मात्र सोच्ने

बिवाहअघि हरेक कुराको निर्णय आफुलाई केन्द्रमा राखेर लिइन्छ । जस्तो, आफुलाई के गर्दा रमाइलो लाग्छ, कस्तो खानेकुरा मीठो लाग्छ, कहाँ घुम्न मन लाग्छ जस्ता कुरामा एकलौटी निर्णय लिन सकिन्छ । तर, बिवाहपछि यस्तो कुरामा पार्टनरको भावना पनि बुझ्नुपर्छ । हरेक कुराको निर्णय आफ्नै मर्जी अनुसार गर्नु हुन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment