Comments Add Comment

यसरी पाउन सकिन्छ मस्त निद्रा ?

के तपाई रातमा पर्याप्त निन्द्रा लिन सक्नुहुन्न ? ओछ्यानमा पल्टिएपछि दिनभरको घटनाक्रमले निन्द्रा बिथोलिन्छ ? राम्रो निन्द्रा नलाग्नको कारण जुन कुण्ठा पैदा हुन्छ, त्यसले तपाईलाई दुखी तुल्याउछ ।

एक व्यक्तिले दिनमा कति घण्टा सुत्नुपर्छ ? सबैमा एकैखाले नियम लागु हुदैन । कसैको निन्द्रा ४ घण्टामा पुरा हुन्छ, कसैको ८ घण्टामा । यद्यपी सामन्यत एक व्यक्तिले दैनिक ७ देखि ८ घण्टासम्म सुत्नुपर्ने विज्ञहरुको सुझाव छ ।

तपाई कति घण्टा सुत्नुभयो ? त्यो महत्वपूर्ण कुरा होइन । बरु, उठेपछि तपाईले ताजा, हल्का र तन्दुरुस्त महसुष गर्न सक्नुपर्छ ।

–    ओछ्यानमा जानु १ घण्टाअघि कम्प्युटर एवं टेलिभजन बन्द गरौं ।

–    त्यसबेला मात्र सुत्न जानुहोस्, जब निन्द्रा लाग्छ । यसले गर्दा ओछ्यानमा पल्टिसकेपछि पनि जागै बस्नुपर्ने हुदैन ।

–    यदि ओछ्यानमा पल्टिएको २० मिनेटसम्म पनि निन्द्रा लागेन भने उठेर यस्तो काम गर्नुहोस्, जो अल्छी लाग्ने होस् ।

–    दिनमा नसुतौ । यदि सुत्नैपर्ने बानी भए केवल आधा घण्टा मात्र सुतौं ।

–    सुत्ने र उठ्ने समय तालिका नियमित गरौं । यसले निन्द्राको चक्र नियमित हुन्छ ।

–    ओछ्यानमा जानुअघिको ४ देखि ६ घण्टा पहिला कफी, मदिरा र निकोटिनको प्रयोग नगरौं । कफी र निकोटिन उत्तेजक पदार्थ हो ।

–    रातको खाना खाइसकेपछि हल्काफुल्का काम गरौं ।

–    गर्मीको मौसममा सुत्नुअघि चिसो पानीले नुहाउनुहोस् ।

–    खाली पेट वा धेरै खानेकुरा खाइएको छ भने पनि राम्रो निन्द्रा लाग्दैन । त्यसैले सहि मात्रामा मात्र भोजन लिनुपर्छ ।

–    सुतेको समयमा फोनमा कुराकानी गर्ने वा रिसाएर कुरा गर्नाले पनि निन्द्रा भाग्छ ।

–    सुत्नुअघि हरेक किसिमको तनाव त्यागौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment