Comments Add Comment

Exclusive: आयुष्मानसँग प्रेममा छिन् प्रियंका कार्की


केहि दिन अगाडि मात्र ‘चपली हाइट २’ डेब्यू नायक आयुष्मान देसराजको व्रेकअपको खबर सार्वजनिक भएको थियो । नायिका तथा मोडल परमिता राणासँग लामो समयदेखि प्रेम सम्बन्धमा रहेका आयुष्मान अन्ततः उनीसँग टाढा भए । दुइको प्रेममा व्रेकअप लाग्नुको कारण खुल्न सकेको छैन ।

आयुष्मान अहिले चलचित्र ‘कथा काठमाण्डौ’मा काम गरिरहेका छन् । उनको जोडीको रुपमा नायिका प्रियंका कार्की चलचित्रमा देखिदैछिन् । संचारकर्मी संगीता श्रेष्ठले यो चलचित्रको निर्देशन गरिरहेकी छिन् । ३ भिन्न भिन्न कथालाई यो चलचित्रमा उतार्ने संगीताको भनाई छ ।

अनलाइनखबरलाई प्राप्त खबर अनुसार नायिका प्रियंका कार्की र नायक तथा मोडल आयुष्मान देसराज जोशी गहिरो प्रेममा छन् । यी दुइको प्रेमको सुरुवात चलचित्र ‘कथा काठमाण्डौ’को सेटबाट भएको हो ।

लामो समयसम्म भेटघाट नभएपनि चलचित्र खेल्ने भएपछि यी दुइको भेटघाट बाक्लिएको थियो । सो भेटघाट अहिले प्रेममा बदलिएको र दुई निकै गहिरो प्रेममा रहेको खबर अनलाइनखबरलाई एक्स्क्ल्यूसिभ रुपमा प्राप्त भएको छ ।

आयुष्मान अहिले चलचित्रको छायांकन सेटमा दिनभर बस्ने गर्छन् । आफ्नो सुटिङ नभएपनि उनी सेटमै बस्ने गरेको श्रोतले बताएको छ । प्रियंकाले भने आफूहरु प्रेममा रहेको नजिकका साथीहरुसँग बताउने गरेकी छिन् ।

यहि खबरका विचमा अर्को कुरा पनि जोड्न यहाँ उपयुक्त होला । केहि दिन अगाडि प्रियंका र आयुष्मान काठमाण्डौको एक चर्चित क्लबमा डान्समा रमाएका थिए । एक नायिकाले खिचेको सेल्फी भिडियोमा आयुष्मान र प्रियंका क्लोज रुपमा क्लबमा रमाएको स्पष्ट देख्न सकिन्थ्यो । आयुष्मान र प्रियंका एक अर्काको अंकमाल बाँधिएका थिए ।

 

पति रोचक मैनालीलाई डिभोर्स दिएर अमेरिकाबाट नेपाल आएपछि प्रियंका चलचित्र क्षेत्रमा सर्वाधिक व्यस्त बनेकी हुन् । उनी अहिलेकी नम्बर १ नायिका पनि हुन् । प्रियंका र नायक दयाहाङ राइको प्रेमको चर्चा चलेपनि केहि दिन अगाडि मात्र प्रियंकाले यसलाई हल्ला मात्र भनेकी थिइन् । तर, अहिले प्रियंका आफू भन्दा केहि कान्छा नायक आयुष्मानको प्रेममा गहिरो रुपमा डुबेकी छिन् । के आयुष्मान र प्रियंकाको यो प्रेम बिहेमा बदलिएला ? यसका लागि त समय नै कुर्नपर्छ ।

प्रियंकासँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment