+
+
Shares

त्रिभुवन विमानस्थलमा पसेको चितुवा अझै भेटिएन

श्रीधर पौडेल श्रीधर पौडेल
२०७३ चैत २१ गते १२:४९
चितुवा पसेको आशंका गरिएको ड्रेन (रातो घेरामा), जुन अहिले तारजालीले बन्द गरिएको छ

२१ चैत, काठमाडौं । सयौं मानिसको आउजाउ हुने त्रिभुवन अन्तराष्ट्रिय विमास्थलमा चितुवा पसेपछि एकाविहानैबाट खैला-बैला सुरु भयो । बुद्ध एयरका पाइलटले ४ नम्बर गेटतर्फको भागमा चितुवा देखेको खबर गरेका थिए ।

आधा घन्टा रनवे नै बन्द गरियो, जसले अन्तराष्ट्रिय उडान तथा अवतरण प्रभावित भयो ।

चितुवा नियन्त्रणका लागि जिल्ला वन कर्यालयको प्राविधिक टोली पनि विमनस्थलमा पुगेको छ । शिकारीसँगै प्रहरी खटियो तर, झण्डै ४ घन्टा खोज्दा पनि चितुवा भेटिएन ।

चितुवा विमानस्थलकै पानीको निकास गर्ने पाइपभित्र पसेको आशंकामा दमकलबाट पानीको फोहोरा हान्दा पनि भेटिएन । विमानस्थल प्रशासनका अनुसार बुद्ध एयरको पाइलटले भनेको बाहेक अरु कसैले चितुवा देखेका छैनन् ।

विमानस्थलमा अहिले पनि कडा सुरक्षा अपनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?