+
+
Shares

सुन तोलामा ३७ सय घट्यो

आइतबार प्रतितोला ३ सय रुपैयाँ घटेको सुन सोमबार एकै पटक ३ हजार ७ सय रुपैयाँ घटेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २९ गते ११:३०

Quick Summary

AI-generated by OK AI. Editorially reviewed.
  • सुनको मूल्य नेपाली बजारमा लगातार घटिरहेको छ र सोमबार प्रतितोला ३ हजार ७ सय रुपैयाँले घटेको छ।
  • आज सोमबार सुनको तोलाको मूल्य १ लाख ८६ हजार ८ सय रुपैयाँमा पुगेको छ, जुन आइतबारको तुलनामा कम हो।
  • चाँदीको मूल्य पनि घटेको छ र आज तोलाको मूल्य १ हजार ९६० रुपैयाँ कायम भएको छ।

२९ वैशाख, काठमाडौं । नेपाली बजारमा सुनको भाउ ओरालो लाग्ने क्रम जारी छ । आइतबार प्रतितोला ३ सय रुपैयाँ घटेको सुन सोमबार एकै पटक ३ हजार ७ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमाबर छापावाल सुनको भाउ तोलाको १ लाख ८६ हजार ८ सय रुपैयाँ तोकिएको छ । आइतबार सुन तोलाको १ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य भने १० रुपैयाँ घटेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १ हजार ९ सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?