Comments Add Comment

फुटबलरद्वय अनिल र नवयुग अष्ट्रेलियामा सम्मानित

सिड्नी । गैरआवासीय नेपाली संघ अस्ट्रेलियाले आफ्नो बार्षिक खेलकुद महोत्सवको उपलक्ष्यमा नेपालका बिभिन्न खेलका अन्तर्राष्ट्रिय खेलाडीलाई सम्मान गरेको छ ।

अस्ट्रेलियाभर छरिएर रहेका नेपालीलाई एकताको गाँठोमा बाँध्ने प्रयास स्वरुप आयोजना गरेको बास्केटबल, भलिबल, क्रिकेट र फुटबल प्रतियोगिताको समापन समारोहमा नेपालवाट फुटबलका स्टार खेलाडी अनिल गुरुङ, नवयुग श्रेष्ठ र भलिबलका पुर्व कप्तान भरत शाहलाई बिशेष अतिथिका रुपमा बोलाएर सम्मान गरिएको हो ।

त्यस्तै कार्यक्रममा अस्ट्रेलियामा बसेर फुटबलमा योगदान दिएको भन्दै अनिल थापा मगर, भलिबलका टीका कार्की, एन्फाका पूर्व कोषाध्यक्ष एवंम अष्ट्रिलीयन नेप्लीज फुटबल एशोसियसनका अध्यक्ष राजु मानन्धर, बास्केटबलका धिरोज मल्ल र क्रिकेटका जीवन थगापालाई सम्मान गरिएको थियो ।

जसमा ३ पटक यू-१९ बिश्वकप खेलिसकेका यशवन्त सुबेदी र प्रेम चौधरी, टी ट्वान्टी बिश्वकप खेलेका नेपाली तीव्र गतिका बलर अमृत भट्टराई, सागमा उसुमार्फत स्वर्ण पदक जितेकी विनिता महर्जन, रजत पदक विजेता राजु महर्जन, फुटबलका जगजित श्रेष्ठ, अनिल ओझा रहेका थिए भने अस्ट्रेलियामा रहेर यहाँका राष्ट्रिय प्रतियोगितामा पदक जितेर नेपालको नाम राख्ने नेचुरल बडी बील्डर सन्तोष कुमार श्रेष्ठ, प्रकृती श्रेष्ठ, सञ्जीव चौधरी तथा जुडोका मोहम बम छन् ।

एनआरएनएले पहिलो पटक खेलकुद प्रतियोगिता र सम्मानको परम्पराको थालनी गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि अस्ट्रेलियाका लागि नेपालका कार्यबाहक राजदूत राजेन्ऽ पाण्डेले खेलाडीहरु राष्ट्रका दूतका रुपमा रहेको बताए । एनआरएनले यसरी प्रवासमा लुकेर बसेका खेलाडीको खोजी गरी सम्मान गर्दा उनीहरुको मनोबल बढ्नुका साथै नयाँ पिँढीलाई पनि खेलकुदमा लाग्न उर्जा प्राप्त हुने पाण्डेले बताए ।

कार्यक्रमका सभापति तथा एनआरएन अस्ट्रेलियाका अध्यक्ष सुरेन्ऽ सिग्देलले एनआरएनले पहिलेदेखि नै छुटाएको महत्वपूर्ण पाटोको रुपमा रहेको खेलकुद र खेलाडीलाई सम्मानको परम्पराको थालनी गर्न पाउनु खुसीको बिषय भएको बताए ।

सिग्देलले मुलुकका लागि पसिना बगाएर नाम राख्ने खेलाडी सम्मानको हकदार भएकोले अन्य क्षेत्रहरुले पनि उनीहरुको सम्मानको थालनी गर्नुपर्ने बेला आएको बताए ।

कार्यक्रमका संयोजक तथा एनआरएनका खेलकुद संयोजक नन्द गुरुङले प्रवासमा छरिएर रहेका खेलाडी तथा युवा जगतलाई हातेमालो गर्ने र भाइचाराको शन्देशका लागि पनि खेलकुद प्रतियोगिता महत्वपुर्ण रहेको बताए । गुरुङले आगामी दिनमा पनि एनआरएनएले खेलकुदलाई प्राथमिकताको सूचीमा राखेर अगाडि बढ्ने बेला आएको बताए ।

कार्यक्रममा अस्ट्रेलियामा बसेर बिभिन्न खेलक्षेत्रमा लमो समयदेखि योगदान दिने फुटबलमा अनिल थापा मगर, भलिबलका टीका कार्की, बास्केटबलका धिरोज मल्ल, क्रिकेटका जीवन थापालाई पनि सम्मानित गरिएको थियो ।

विजेताहरुलाई कार्यबाहक राजदुत राजेन्ऽ पाण्डे, एनआरएनएका अध्यक्ष सुरेन्ऽ सिग्देल,उपाध्यक्ष दिनेश पोखरेल, आइसीसीका युथ कोर्डिनेटर विजय पोखरेल,आइसीसी सदस्य बालचन्ऽ भट्टराइ, कोषाध्यक्ष डिला खरेल, सामािजक अभियन्ता श्री नापीत, नारायण प्रधान लयागतले खेलाडीलाई सम्मान तथा पुरस्कृत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment