Comments Add Comment

कुलमान भन्छन्- तामाकोशी बनेपछि ६ महिना विजुली बेच्छौं

२२ चैत, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले नेपालले विजुली बेच्ने दिन छिट्टै आउने बताएका छन् । उनका अनुसार तामाकोशी जलविद्युत आयोजना बनेपछि वर्षमा ६ महिना विजुली बेच्नुपर्छ ।

मंगलबार पत्रकार सम्मेलन गरेर घिसिङले विद्युतको डिमाण्ड (माग) बढाउनु पर्ने बताएका छन् । प्राधिकरण अब निर्माणाधीन आयोजना समयमै सम्पन्न गर्न र काठमाडौंका ट्रान्सर्फमर अपग्रेडिङमा लाग्ने बताएका छन् ।

उनकाअनुसार अहिलेका काठमाडौंका ट्रान्सर्फमर ४०० मेगावाट क्षमताका छन्, अब यसलाई अपग्रेड गरेर १००० मेगावाट बनाउने योजना छ ।

आर्थिक वर्षको अन्त्यतिर चमेलिया र कुलेखानी तेस्रो सञ्चालनमा आउने उनले बताए । भारतबाट हुने आयातलाई क्रमश घटाइने भन्दै प्राधिकरण प्रमुख घिसिङले अघि भने, ‘तामाकोशी बनेपछि त वर्षमा ६ महिना विजुली बेच्नुपर्छ ।’ उनले आउनुअघि नै विजुली बचतमा जाने बताए ।

घिसिङले अघि भने,’अब लोडसेडिङको चिन्ता छैन । हामीले विजुलीको माग र आपूर्तिलाई ब्यवस्थापन गरेका छौं । अब औद्योगिक क्षेत्रमा भइरहेको लोडसेडिङ पनि घटाउँछौं ।’

घिसिङले अब सुख्खा सिजन पार भएको र नदिमा पानीको सतह पनि बढेकाले प्राधिकरणलाई अब लोडसेडिङको चिन्ता नहुने बताए ।

४५६ मेगावाट क्षमताको तामोकाशी जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । २०७५ मंसिरमा पहिलो युनिट सञ्चालनमा ल्याउने योजना छ ।

‘तामाकोशी नआउँदै हामी निजी क्षेत्रका २०० मेगावाट भन्दा बढी आयोजनाहरु आउँछन् । त्यतिबेलै हामी विजुली बचाउन थालिसक्छौं,’ कुलमानले भने ।

यी पनि पढ्नुस्

कुलमानको घोषणाः देशभर विहान-बेलुकीको लोडसेडिङ हट्यो

‘चोर’ समातिएपछि १ अर्ब बढीको विजुली जोगियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment