Comments Add Comment

सिड्नीमा नेपाली खाना महोत्सवको तयारी: नेपाली परिकारको अन्तर्राष्ट्रिय पवर्द्धन गर्ने अवसर

५ अप्रिल, सिड्नी । अष्ट्रेलियाको सिड्नीमा रहेको नेपाली समुदाय यतिबेला अप्रिल ८ को व्यग्र पर्खाइमा बसेको छ । विदेशी परिकारको थरीथरी स्वादमा अलमलिएका नेपालीहरु नेपाली खाना महोत्सवमा स्थानीय स्वादमा जिभ्रो फड्कार्दै रमाउन हतारिएका हुन् ।

सिड्नीको करिब डेढ सय वर्ष पुरानो इतिहास भएको बेल्मोर पार्कमा यो महोत्सव हुँदै छ । महोत्सवमा स्थानीय परिकारको मज्जा लिन नेपाली समुदाय त झुम्मिने नै छ, विदेशीहरुमाझ मौलिक नेपाली खानाको प्रचारप्रसार गर्ने पनि आयोजकको उद्देश्य छ ।

आगामी शनिबार हुने एकदिने महोत्सवमा नेपाली र विदेशीहरु गरी दशौं हजार मानिस सहभागी हुने अनुमान गरिएको छ ।

महोत्सवमा ११ वटा फुड स्टल रहनेछन् भने ६ जना नेपाली सेफहरुले नेपाली परिकारहरु दर्शकलाई चखाउनेछन् । यस काममा नेपालको चर्चित चेन रेस्टुरेन्ट बाजेको सेकुवाका प्रमुख सेफ कुमार चालिसेदेखि सगरमाथाको फेदीमा पपअप रेस्टुरेन्ट चलाएर चार महिनाअघि सिड्नी फर्केका सेफ सुरज प्रधान र दुबईबाट सिड्नी आएर यहाँको चर्चित ओपेरा हाउसमा काम गर्ने सेफ शिशिर कँडेलसम्मका हस्तीहरु खट्नेछन् ।

यसका साथै सेफहरु सुमन महर्जन, सागर श्रेष्ठ, गौरव भुसाल, साम सुनुवार मेल्वर्नबाट आउने सुशील अर्याल पनि नेपाली खानाका पारखीहरुलाई तृप्त पार्न कुनै कसर छाड्ने छैनन् ।

नेपाली खानाको प्रचार गर्ने क्रममा यसअघि जर्मनी, स्विट्जरल्याण्ड, मकाउहङकङ दुबई लगायत मुलुक पुगिसकेका चालिसेले भने, ‘महोत्सवमा आउने पाहुनाहरुलाई तिक्खर नेपाली स्वाद पस्किन मैले नेपालबाटै सेक्रेट रेसिपी र मसलाहरु लिएर आएको छु ।

महोत्सवमा लिम्बू लगायत विभिन्न समुदायका ठेट परिकार पनि चाख्न पाइनेछ । सिड्नीका मुगलान, निम्तो, मःमः, माइती फ्युजन, एडिज किचेनयाक एण्ड यति, भोजन, ओमतारा लगायतका स्थानीय रेष्टुरेण्टहरुले पनि स्टलहरु राख्नेछन्

अष्ट्रेलियाली समुदायमा महोत्सवको चर्चा

नेपाली खाना महोत्सव हुन लाग्दा अष्ट्रेलियाको स्थानीय समुदायमा पनि यसले निकै स्थान पाएको छ ।

संसारभरिको संस्कृति, रहनसहन र प्रचलनलाई स्वीकार गरेको बहुसांस्कृतिक समाज अष्ट्रेलियाले यो महोत्सवलाई पनि उत्तिकै महत्वसाथ हेरेको छ । यहाँको सञ्चार माध्यमदेखि सामाजिक सञ्जालसम्म खाना महोत्सवको खबर र चर्चाले रङ्गिएका छन् ।

अष्ट्रेलियाको जीवनशैली र सामाजिक कार्यक्रमबारे समाचार  पस्किने चर्चित अनलाइन पोर्टलहरु ब्रोडसिड, उर्बानलिस्ट, सिड्नी स्कूप तथा यहाँको चर्चित एसबीएस रेडियोको एसबीएस फुडले पनि खाना महोत्सवको बारेमा लेख र समाचार प्रकाशनप्रसारण गरेका छन् ।

स्थानीय मिडियाहरु नेपाली स्वादको बखानमा मुग्ध भइरहँदा विदेशीहरु पनि महोत्सवमा आउन लालायित देखिन्छन् ।

गत वर्ष भूकम्प जाँदा नेपालको भ्रमण गरेका ओलोगोंग निवासी जोडी प्याट्रिक ह्यारिसन र जय फ्लेचर पनि आगामी शनिबार दुई घण्टाको यात्रापछि सिड्नी आउँदै छन् ।  उनीहरुको योजना छ, नेपाली साथीहरु भेट्ने र नेपाली खाना चाख्ने ।

प्याट्रिकले त सो दिनको मेनु अहिल्यै सोचिसकेका छन्,  ‘मेरो रोजाइ मःमः हुनेछ भने जयले दालभात अर्डर गर्नेछन् । उनले आफ्नी सासू पनि जोडीसहित नै महोत्सवमा आउने तयारीमा रहेको अनलाइनखबरलाई बताए ।

 नेपाली खानाको पहिचान र प्रवर्द्धन

यो महोत्सवपछि अष्ट्रेलियायी समाजले नेपाली खानालार्इ महत्वपूर्ण परिकारका रुपमा पछिसम्मै सम्झिने अपेक्षा गरिएको छ । महोत्सवले नेपाली खाना कुनै एसियाली खाना अन्तर्गत पर्दैन यसको आफ्नै मौलिक पहिचान भनेर स्थापित गर्ने आयोजकको दाबी छ ।

आयोजकमध्येका एक सेफ सुरज प्रधानले बताए, ‘यो महोत्सवपछि नेपाली खानाबारे नेपालीहरु विदेशीहरुबीच चर्चा सुरु हुनेछ खानाका माध्यमबाट नेपाललाई प्रवर्द्धन गर्न पनि सजिलो हुनेछ

अर्का सेफ कुमार चालिसेका अनुसार, कैयौं वर्षदेखि नेपाली दक्ष सेफहरु विदेशमा काम गरिरहे पनि उनीहरुले नेपाली खानाबारे चर्चा नगर्दा प्रवर्द्धन हुन नसकेको हो । यो महोत्सवपछि उनीहरु खुलेर आफ्नो देशको खानाबारे चर्चा गर्न थाल्ने उनको विश्वास

आयोजकमध्येकै बुल्सन लाम्गादेले अब नेपाली खानाबारे धारणा परिवर्तन हुँदैयसको विविधता पहिचान विश्वव्यापी बन्न सहयोग पुग्ने आशा व्यक्त गरे । उनी भन्छन्, ‘सिड्नीमा रहेका नेपाली रेष्टुँराहरुलाई नेपाली खाना बेच्न पनि मनोबल बढ्नेछ ।

महोत्सवमा नेपाल चिनाइने 

मुख्यगरी खाना महोत्सव हुँदाहुँदै पनि त्यस क्रममा नेपालको पर्यटन प्रवर्द्धन पनि गर्ने योजना छ । कार्यक्रम स्थलमा पुग्दा दर्शकले नेपाल सम्बन्धी वृत्तचित्र प्रदर्शन भइरहेको देख्न सक्नेछन्

सिड्नीस्थित महावाणिज्य दूतावासले नेपालको प्रवर्द्धनात्मक स्टल राख्नेछ । कार्यक्रम समन्वयका लागि बुल्सन लाम्गादेको नेतृत्वमा एक सर्भिस सेन्टर पनिहुनेछ ।

नेपाल चिनाउने महोत्सवमा नेपाली गीतसंगीत छुट्ने कुरै भएन । संगीतिक प्रस्तुतिको जिम्मा दीपेन बानियाँ प्रेरणा थापाले लिएका छन् । कार्यक्रममा नेपालको संस्कृति सम्बन्धी जानकार तथा अध्येता ब्रेड म्याथ्युस र अनुष्का श्रेष्ठले मुख्य स्टेज सम्हाल्नेछन् । यस्तै, महोत्सवमा गुठी अष्ट्रेलियाले नेवारी समयवजी मण्डला निर्माण गर्नेछ ।

महोत्सवमा सहभागी भएर निःशुल्क रजिस्ट्रेसन गर्ने एक जनालाई गोलाप्रथामार्फत पुरस्कार समेत दिइने आयोजक टु टेबलले जनाएको । पुरस्कृत हुनेलाई अष्ट्रेलियानेपालअष्ट्रेलियाको टिकट दिइनेछ । विजेताले महोत्सवमा खानाको स्वाद पनि चाख्न पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment