Comments Add Comment

‘पञ्चायत’ फस्टलुकमा नीता र सरोजको यस्तो अवतार

५० बर्ष अघिको समाज देखाउने प्रयास गरिएको चलचित्र ‘पञ्चायत’को फस्टलुक सार्वजनिक भएको छ । रामनवमीको अवसरमा चलचित्रको फस्टलुक सार्वजनिक गरेको निर्माण पक्षले बताएको छ ।

आउँदो वर्षको फागुनमा प्रदर्शन गर्ने भनिएको ‘पञ्चायत’मा सरोज खनाल र नीता ढुंगानाको मुख्य भुमिका छ । त्यसो त आउँदो मे मा अमेरिकामा चलचित्रको पि्रमियर गरिने निर्माणपक्षले जनाएको छ ।

५० बर्ष पुरानो कथा बोकेको ‘पञ्चायत’मा सरोज खनाल र नीताको अतिरिक्त रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, बिशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ लगायतको अभिनय छ ।

ग्रामिण कथा र पुरानो संस्कृती झल्काउने चलचित्र ‘पञ्चायत’को लेखन तथा निर्देशन शिवम् अधिकारीले गरेका हुन् । गणेश गिरीको प्रस्तुति रहेको यस चलचित्रलाई सुशान्त श्रेष्ठ र शंकर सुवेदीले निर्माण गरेका हुन् । रबि अधिकारी यो चलचित्रका कार्यकारी निर्माता हुन् ।

नीतासँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment