Comments Add Comment

नेपाल आयो ‘डिटीटी’ टेलिभिजन प्रविधिः सीधै घरसम्म च्यानलका प्याकेज


२४ चैत, काठमाडौं । कुनै समय थियो, शहरी क्षेत्रमै एउटा टेलिभिजन च्यानल हेर्न पनि अग्लो ठाउँमा एन्टेना राख्नुपर्थ्यो । अझै पनि दूर्गम क्षेत्रमा यो प्रविधिबाट सीमित टेलिभिजन च्यानल हेर्नेहरु प्रशस्तै छन् । अब यो पुरानो प्रविधिको टेरेस्ट्रियल टिभी नेपालमा नयाँ तथा स्तरीय प्रविधिका रुपमा आउने भएको छ ।

अब यस्तै एन्टेना वा टेलिभिजन कम्पनीहरुले विकास गरेका अन्य प्रविधिबाटै टिभीले च्यानलहरु रिसिभ गर्नेछ । नेपालमा अब सुरु हुन लागेको नयाँ टेलभिजन प्रविधि डिजिटल टेरेस्ट्रियल टेलिभिजन (डीटीटी) हो ।

टेरेस्ट्रियल नै भएपनि यसमा डीटीएचमा जस्तै टेलिभिजनका प्याकेज दिइनेछ । फरक यत्ति हुनेछ, अहिले एन्टेनाबाट सीमित च्यानल हेर्न सकिन्छ भने डीटीटी भित्र्याएपछि यही प्रविधिमा स्तरीय पिक्चर क्वालिटीमा थुप्रै च्यानलहरु प्याकेजमै हेर्न पाइने सञ्चार मन्त्रालयका टेलिभिजन समन्वय महाशाखाका इञ्जिनियर अनिल भुजेलले अनलाइनबरलाई बताए ।

पाँच कम्पनीले लिए अनुमति

टेरेस्ट्रियल प्रविधिका टेलिभिजनका लागि अहिलेसम्म ५ वटा टेलिभिजन कम्पनीले सञ्चार मन्त्रालयबाट लाइसेन्स लिइसकेका छन् । अनुमति पाएकामध्ये केहीले प्रसारणको प्राविधिक तयारी सुरु गरेका छन् ।

अब यी कम्पनीले टेरेस्ट्रियल प्रविधिबाटै विभिन्न टेलिभिजन च्यानल वितरण गर्नेछन् । तर, त्यो टिभी डिजिटल अर्थात उच्च गुणस्तरको हुनेछ ।

अब सिग्नग रिसिभ गर्ने विकसित नयाँ प्रविधि राख्दा एउटा च्यानल मात्रै होइन, सयौं च्यानल प्याकेजमै लिन सकिने छ ।

अहिले डीटीएचले टेलिभिजनको सिग्नल स्याटेलाइटबाट प्रयोग गरे जस्तै टरेस्टि्रयल प्रसारण गर्ने टेलिभिजनले फ्रीक्वेन्सीमार्फत आफ्ना सामाग्री प्रसारण गर्छन् । यसको रिसिभर एन्टेना वा अरु विकसित कुनै प्रविधिक हुने इञ्जिनियर भुजेलले बताए । ‘अहिले डिटीएचहरुले छाता युज गरेका छन् । यो प्रविधिका लागि पनि छुट्टै कुनै रिरिभिङ प्रविधि आउनेछ । सेट-टप बक्स पनि यसका हुनेछ’ भुजेलले भने ।

यो प्रविधिलाई ‘डिजिटल भिडियो ब्रोडकाष्टिङ-सेकेन्ड जेनेरेसन टेरेस्ट्रियल (डीभीबी-टिटु)’ अर्थात दोस्रो पुस्ताको टेरेस्ट्रियल पनि भनिन्छ ।

अहिलेसम्म सरकारले हनी नेटवर्क प्रालि, युनिभर्सल नेटवर्क प्रालि र महाकाली डिजिटल नेटवर्क प्रालि, वायरलेस टेलिभिजन नेटवर्क र एमटीभी टेलिभिजन नेटवर्कलाई यो प्रविधिमा टेलिभिजन चलाउन अनुमति दिएको छ ।

एक वर्षभित्र आइसक्ने

सरकारले लाइसेन्स लिएको डेढ वर्षभित्र जसरी पनि सञ्चालनमा आइसक्नुपर्ने गरी अनुमति दिएको हो । एकवर्षको समयसीमा भएपनि थप ५ महिना भने प्राविधिक तयारी नपुग्दा थप गर्न सकिने प्रावधान छ । यो प्रविधिका लागि पनि टेलिभिजन प्रसारण अनुमति लिन १ करोड रुपैयाँ लाग्छ ।

नेपालमा सुरुवातमा टेरेस्ट्रियल प्रविधिकै टेलिभिजन हेरिन्थ्यो । त्यसपछि केबल र डीटीएचले बजार लियो । अहिले नेपालमा आईपीपी प्रविधिको टेलिभिजन पनि सञ्चालनमा आइसकेको छ ।

अब टेरेस्ट्रियलकै सेकेण्ड जेनेरेशन पनि बजारमा आउँदैछ । तर, डीटीएचसँग अब यसको पनि तीब्र प्रतिस्पर्धा हुने देखिएको छ । अहिले टेरेस्ट्रियलको अनुमति लिएका टेलिभिजनहरुले ४०/४० मेगाहर्ज फि्रक्वेन्सी पाएका छन् । उनीहरुका लागि छुट्टाछुट्टै ब्याण्डमा सञ्चालन अनुमति लिएका हुन् । यो प्रविधिमा पनि डिजिटल सिग्नलका लागि सेट-टप बक्स अनिवार्य गरिएको छ ।

प्रसारण केन्द्रले फाल्छ सिग्नल

यस्ता अनुमति लिएका टेलिभिजनले विभिन्न स्थानमा प्रसारण केन्द्रहरु राखेर आफ्नो सिग्नल प्रशारित गर्नेछन् । त्यसलाई ग्राहकको घरमा राखिएको टेरेस्ट्रियल सर्पोट गर्ने प्रविधिले क्याच गर्नेछ र टेलिभिजन हेर्न सकनेछ ।

डीटीटीले विभिन्न स्थानमा प्रसारण केन्द्र राखेर सिग्न रिले गर्नेछन् । टेरेस्ट्रियलमा सबैभन्दा विकसिति प्रविधि नेपालले प्रयोग गर्न लागेको हो ।

Source: keywordsuggest.org

सन् १९९० को दशकमै यसको पहिलो पुस्ताको विकास भएपनि धेरै देशमा यसको प्रयोग सुरु हुन सकेको थिएन । अब यसको दोस्रो पुस्ता भने डीटीएचको फैलँदो प्रविधिमा अब यो पनि प्रतिस्पर्धीका रुपमा उदाउने क्रममा छ । इन्टरनेशनल टेलिकम्युनिकेशन युनियन (आइटीयू) ले टेरेस्ट्रियलको दोस्रो पुस्ताको प्रयोगमा अनुमति दिएपछि २०१० पछि यसको प्रयोगमा ब्यापकता आएको छ ।

यसका सजिला पक्षहरुले ग्राहकलाई थप आकषिर्त गर्नेछ । तर, टेलिभिजन प्रसारकले दिने सुविधामा नै यसको बजार निर्भर हुनेछ । यो फूल एचडी क्वालिटीको भिडियोयुक्त टिभी भएकाले धेरै रुचाइने अपेक्षा छ ।

यसले अडियो र भिडियोलाई डिजिटल क्वालिटीमा सम्प्रेषण गर्छ । यसले मल्टिप्लेक्स सिग्नल दिने भएकाले नै यो स्तरीय मानिन्छ ।

टिभी हेर्दा सफा दृष्य नआउने र कमजोर ध्वनी आउने लगायतका समस्या यो प्रविधिमा नरहने इञ्जिनियर भुजेलले बताए । ‘यो डिजिटल प्रविधिकै टेलिभिजन भएकाले झ्यार-झ्यार भएको टेलिभिन हेर्नुपर्दैन । यसको पिक्चर र साउण्ड क्वालिटी विश्वस्तरीय हुन्छ । यसले सर्वसधारणलाई थप विकल्प दिनेछ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment