Comments Add Comment

पारस र हिमानीलाई बुढ्यौलीले छोएकै हो त ?

२४ चैत, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्रको व्रतबन्ध भोजमा बिहीबार होटल सोल्टीमा गन्यमान्य निम्तालुहरुको लर्को लागेको थियो । विशिष्ट पाहुनाको ठाँट र पहिरनले होटलको वातावरण नै रंगीन थियो, जहाँ वटुकका बुबाआमा पारस-हिमानी पनि देखिए ।

तर, भोजमा सहभागी पारस र हिमानीको अनुहार भने केही गले जस्तो देखिन्थ्यो । दुवैको अनुहारमा असमयमै बुढ्यौलीका रेखा प्रष्ट देखिन्थे ।

राजतन्त्रका बेला पूर्वयुवराज र पूर्वयुवराज्ञीको अनुहारमा अलग्गै चमक र कल्कलाउँदोपन थियो ।

उनीहरुमा त्यसबेला एकातिर सत्ताको रापताप थियो, अर्कोतिर बैंस । जमानामा पारसले धेरै मानिसहरुलाई कुट्दै हिँडे । तर, यतिबेला उनको शरीरमा कोट लगाउँदा समेत ह्वार्लाङ्ग देखिन थालेको छ ।

शाही सदस्य हुनुका नाताले उनीहरुले राज्यबाट त्यहीअनुसारको मान-प्रतिष्ठा तथा सेवा-सुविधा पाउँथे । शाही ठाँटले दिएको प्रतिष्ठा उनीहरुको अनुहारमै चम्किएको हुन्थ्यो ।

तर, राजतन्त्र ढलेर मुलुकमा गणतन्त्र आएसँगै धेरै कुरामा फेरबदल आएजस्तै पूर्वराजपरिवारको अवस्थामा पनि परिवर्तन आएको छ । त्यस्तो परिवर्तन जीवनशैलीदेखि शारीरिक अवस्थामा सम्म देख्न सकिन्छ ।

तस्वीरले नै बताइरहेको छ कि हिमानी र पारसको मुहारको चमक झन्-झन् खस्किँदै गएको छ । त्यसको ठाउँमा थकान र बुढ्यौलीले कब्जा जमाउन थालेको छ ।

लागूपदार्थ बोकेर हिँडेको आरोपमा पारस थाइल्याण्डमा पक्राउ नपर्दासम्म उनको जिउडाल निकै आकर्षक देखिन्थ्यो ।

पारस थाइल्याण्डमा हिरासतमा परेसँगै हिमानी र सिंगो पूर्वराजपरिवारमा तनाव थपेकै थियो, पारसको एक थाई युवतीसँग हिमचिम बढेको खबर पनि बाहिरियो । पतिको यस्तो हर्कतबाट हिमानी थप पीडामा परिन् । तस्वीरले नै बताउँछ, हिमानीको शरीरमा यतिबेला थकान भरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment