+
+
Shares

पूर्वयुवराज शाह अस्पताल भर्ना

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १९ गते १४:५३

१९ फागुन, काठमाडौं । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् ।

आइतबार साँझ हृदयघात भएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा पुर्‍याइएको हो ।

उनको अहिले उपचार जारी छ । पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा. फणिराज पाठकका अनुसार उनलाई आइतबार साँझ अस्पताल लगिएको हो ।

‘हो, उहाँलाई आइतबार साँझ नै हृदयघातको शंका देखेपछि अस्पताल भर्ना गरिएको छ,’ पाठकले अनलाइनखबरसँग भने, ‘अहिलेको अवस्थाबारे अस्पतालसँग नै बुझ्नुपर्ला ।’

उनले शाहलाई के भएको भन्नेबारे खुलाएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?