+
+

एएनए सम्मेलन मेरिल्याण्डमा हुने, तयारीका लागि श्रेष्ठ संयोजक नियुक्त

 विजय थापा विजय थापा
२०७३ चैत २५ गते १०:५२
७ अप्रील, वाशिंगटन डिसी । दि एसोसिएसन अफ नेपालीज इन अमेरिका (एएनए) को सम्मेलन अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा हुने भएको छ l 
अमेरिकाको स्वतन्त्रता दिवस जुलाई ४ तारिखको सप्ताहको सेरोफेरोमा एएनएको सम्मेलन हुन लागेकाे हाे । बिगत ३३ वर्षदेखि सम्मेलन गर्दै आएको एएनएकाे सम्मेलन आगामी जुन ३० देखि जुलाई २ तारिखसम्म हुने जनाइएकाे छ । सम्मेलन सफल बनाउनका लागि तयारी सुरु गरिएकाे छ ।
सम्मेलनकाे तयारीका लागि बाल्टिमोरका समाजसेवी, व्यवसायी तथा बानाका पूर्व अध्यक्ष विजय श्रेष्ठलाई  संयोजक नियुक्त गरिएकाे छ ।
सम्मेलनका लागि आयोजक समिति तथा उपसमितिहरू पनि छिट्टै निर्माण गरिने सम्मेलन संयोजक श्रेष्ठले जानकारी दिए । संयाेजक श्रेष्ठले अमेरिकामा रहेका सम्पूर्ण नेपाली समुदायलाई सम्मेलनमा सहभागी हुन् आब्हानसमेत गरेका छन् l 
 
नेपाली समुदायलाई एकै थलोमा जमघट गराई बिबिध कार्यक्रमहरु मार्फत नेपाली समुदायलाई उत्साह र सकारात्मक सन्देस दिन सफल एएनए सम्मेलन मेरिल्याण्डको बाल्टिमोरमा आयोजना गर्न पाउदा उत्साहित भएकाे भन्दै यस पटक फरक कार्यक्रमहरु पनि ल्याउने योजना रहेको जानकारी दिए ।
एएनए सम्मेलनमा उत्कृष्ट कार्यक्रमहरु मध्येकै बालबालिकाहरुको प्रतिभा प्रतियोगिता,विद्यार्थीहरुको हाजिरीजवाफ प्रतियोगिता तथा अन्य महत्वपूर्ण कार्यक्रमहरु आयोजना गरिने भएको छ l
सम्मेलनमा कमीकमजोरी नहुन दिन एनएनएका अध्यक्ष, कार्यकारी समिति, पूर्व अध्यक्षहरु तथा सबैसंग परामर्श लिइरहेको आयोजकले जानकारी दिएकाे छ ।
गत बर्ष जुलाई १ देखि ४ तारिखसम्म भएको एएनए सम्मेलन ६ बुँदे घोषणासहित सम्पन्न भएको थियो l आगामी जुन ३० देखि जुलाई २ सम्म हुने सम्मेलनमा खेलकुद, सांस्कृतिक कार्यक्रम, बिबिध बिषयका गोष्ठी, भेषभुषा प्रदर्शन,प्रतिभा प्रतियोगिताहरु लगायतका  कार्यक्रमहरु हुने जनाइएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?