Comments Add Comment

२ लाख थान मिटर किन्दै विद्युत प्राधिकरण, आवदेन दिएको ७ दिनभित्रै जोडिने


२८ चैत, काठमाडौं । विजुलीको मिटर जडानका आवेदन गर्दा लामो समयसम्म मिटर बक्स नपाएर समस्या भोग्ने धेरै छन् ।
अब भने नेपाल विद्युत् प्राधिकरणले आवेदन गरेको ७ दिनभित्रै विद्युतको मिटर बक्स जडान गर्ने यरी कार्ययोजना अघि सारेको छ । यसका लागि झण्डै २ लाख थान मिटर किन्न प्राधिकरणले प्रक्रिया अघि बढाएको छ ।

घरायसी तथा सिंगल फेजमा जोडिने मिटर जडानमा आवेदन भएको ७ दिनभन्दा बढी समय नलगाउने प्राधिकरणको नीति छ । ढिला गरेर मिटर जोड्दा विद्यत चोरीको जोखिम बढी हुने भएकाले छिटो मिटर जोड्ने योजना बनाइएको प्राधिकरणका प्राविधिक सेवा विभागका निर्देशक बज्रभुषण चौधरीले बताए ।

रीतपूर्वक आएका आवदेनलाई प्रक्रियामा लगेर एक हप्ताभित्रै मिटर दिइने उनको भनाइ छ । यसरी मिटर जोड्दा विद्युत् चुहावट नियन्त्रणमा पनि सहयोग पुग्ने विश्वास गरिएको छ ।

यसैगरी थ्री-फेज मिटर जडानका लागि बढीमा एक महिना लगाउने गरी प्राधिकरणले तयारी थालेको छ । स्थानीय क्षेत्रमा उपलब्ध ट्रान्सर्फमरको क्षमता र अवस्था हेरेर जतिसक्दो छिटो थ्री फेज मिटर जोड्ने चौधरीले बताए । थ्री फेज मिटर जोड्दा ट्रान्सर्फमरले नधान्ने अवस्था भएर त्यसलाई परिवर्तन गरेर भएपनि लाइन जोडिदिने चौधरीले बताए ।

यसका लागि प्राधिकरणले अहिले २ लाख थान सिंगल फेज इलेक्ट्रोनिक्स मिटर खरिद गर्न लागेको छ । टेण्डर आह्वानको गर्ने तयारीमा प्राधिकरण छ ।

थ्रीफेज इलेक्ट्रोमेकानिकल मिटरलाई इलेट्रोनिक्स मिटरले रिप्लेस गर्ने योजना पनि अघि सारिएको छ । १० हजार टीओडी मिटरमा एमएआर सिस्टम जोड्न पनि टेण्डर भएर मूल्याङ्कन प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

त्यसैगरी ३३ केभी र १३२ केभीको क्षमता वृद्धि गर्न बोलपत्र गर्ने प्रक्रियामा सुरु भइसकेको जानकारी चौधरीले दिए । ३३ केभी ओेभरलोड भएका प्रसारण लाइनहरुको क्षमता अभिवृद्धि गर्ने कार्यक्रम पनि छ ।

चुहावट नियन्त्रणमा पनि ध्यान

सबै वितरण केन्द्रको फिडरवाइज चुवाहट दर सूचीकृत गरेर धेरै चुहावट हुने क्षेत्रहरुको पहिचान गर्ने योजना पनि विद्युत प्राधिकरणले बनाएको छ ।

धेरै चुहावट हुने स्थानहरुमा विद्युत चुहावट नियन्त्रण कार्यलाई प्रभावकारी ढंगले अघि बढाउने चौधेरीले बताए । टीओडी मिटर डाउनलोड गरी विश्लेषणको काम नियमित रुपमा गरी ठूला ग्राहकहरुमा हुने विद्युत चुहावट निर्मूल गर्ने योजना प्राधिकरणले सार्वजनिक गरिसकेको छ ।

धेरै विजुली चुहावट हुने क्षेत्रमा सुरक्षाकर्मी समेत परिचालन गरी विद्युत चोरी नियन्त्रण सुरु गरिएको चौधरीले बताए । प्राविधिक रुपमा हुने चुहावट कम गर्न कण्डक्टर/ट्रान्सफरमरको क्षमता वृद्धि गर्ने तयारी थालिएको छ ।

ट्रान्सफरमर थप गर्ने, लोड व्यालेन्स गर्ने, ट्रान्सफरमर लोडसेन्टरमा राख्ने, उद्योगहरुलाई अनिवार्य रुपमा क्यापासिटर राख्न लगाउने, सब-स्टेशनको क्षमता अभिवृद्धि गर्ने, नयाँ सवस्टेशन थप गर्ने तथा सब-स्टेशनमा हाइभोल्टेज क्यापिसिटर बैंक तथा ४०० भोल्टलाइनमा एलभी क्यपिसिटर जडान गर्ने योजना बनाइएको छ ।

यो आर्थिक वर्षको सुरुवातमा २७.३ प्रतिशतमा रहेको विद्युत चुहावट अहिले घटेर २२.५ प्रतिशतमा झरेको छ । यसक्रममा विद्युत चोरहरुबाट झण्डै ५ करोड रुपैयाँभन्दा बढी जरिवाना असुल गरिएको छ ।

प्राधिकरणले ६ महिनाको अवधिमा गरेको विजुली चोरी नियन्त्रणबाट झण्डै सबा अर्बको विजुली पनि बचत गरेको छ । कुलमान घिसिङले कार्यकारी निर्देशकको पद सम्हालेपछि आक्रामक रुपमा विद्युत चुहावट नियन्त्रणको काम थालनी गरेका थिए । प्राधिकरणको टिम नै विद्युत चुहावट नियन्त्रणमा लागेपछि ७ महिनामा हुकिङबाट विजुली चोर्ने ४० हजार कारवाहीमा परेका छन् ।

प्राधिकरणले यो अवधिमा ग्राहकका बन्द रहेका ९ हजार वान-फेज मिटरलाई रिप्लेस गरेको छ । ६ सय वटा बिगि्रएर बन्द भएका थ्री फेज मिटरलाई पनि परिवर्तन गरेर राजस्वको दायरामा ल्याएको छ । यसअघि यस्ता मिटर नचलेका कारण प्राधिकरणको ठूलो राजस्व गुमिरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment