Comments Add Comment

प्रदर्शनकारीको घेराबीच गोजीमा हात हालेर मुस्कुराइरहेकी साफिया

कट्टरपन्थी समूह इंग्लिस डिफेन्स लिग -इडीएल) को अगाडि मुस्कुराउँदै उभिएकी एक बेलायती मुस्लिम युवतीको तस्वीर अहिले भाइरल बनेको छ ।

उनी हुन साफिया खान । साफियाले बीबीसीलाई बताएअनुसार यो तस्वीर बर्मिङ्घममा उनी प्रदर्शनकारीबीच घेरिएकी एक युवतीको बचाउमा आउँदा खिचिएको हो ।

शनिबार भएको प्रदर्शनका क्रममा प्रेस एसोसिएसनका फोटोग्राफरले लिएको यस तस्वीरलाई सामाजिक सञ्जालमा हजारौं पटक सेयर गरिएको छ ।

साफिया भन्छिन्, ‘एउटी युवतीलाई २५ व्यक्तिहरुले घेरिरहेको देखेपछि म प्रदर्शनकारीको बीचमा नगइरहन सकिँन । मलाई आफ्नो शहरमा कसैलाई पनि यसरी घेरिएको मन पर्दैन ।’

आफूले कुनै प्रदर्शनमा भाग नलिएको बताउने साफिया आफ्नो तस्वीर हजारौंपटक रिटि्वट भएकोमा चकित छिन् । उनले भनिन्, ‘सुरुमा मलाई प्रदर्शनसँग कुनै मतलव थिएन । तर, त्यति नै बेला एक महिला इडीएल प्रदर्शनकारीहरुलाई इस्लाम विरोधी बताउँदै चिच्याइन् ।’

‘इडीएलका करिब २५ प्रदर्शनकारीहरुले ती महिलालाई चारैतिरबाट घेरे । म अगाडि बढेँ र आफूलाई ती महिलाको समर्थक बताउँदै उनीहरुको विरोध गरेँ,’ उनले भनिन् ।

त्यसपछि प्रदर्शनकारीहरु साफियाको वरिपरी जम्मा भए । त्यतिबेला प्रदर्शनकारीहरु उग्र भइरहेका थिए भने साफिया खल्तिमा हात हालेर मुस्कुराइरहेकी थिइन् । प्रेस एसोसिएसनका फोटो पत्रकारले यो दृष्यलाई क्यामरामा कैद गरे । बर्मिंघमका सांसद जेस फिलिप्सले यो तस्वीर सामाजिक संजालमा सेयर गरेका थिए ।

आफूलाई त्यतिबेला कत्ति पनि डर नलागेको साफिया बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment