Comments Add Comment

गर्मीमा ठेउलाले सताउला, कसरी जोगिने ?

गर्मी दिनहुँ बढ्दो छ । यससँगै विभिन्न संक्रमित रोगको पनि भय वढेर गएको छ । खासगरी गर्मीमा दादुरा र ठेउलाको संक्रमण बढी देखिने गरिएको छ । विगतमा गर्मी याम सुरु भएसँगै तराई क्षेत्रमा ठेउलाको प्रकोप फैलने गरेको थियो ।

खासगरी ठेउलाले साना बालबालिकालाई दुख दिन्छ । त्यसबाहेक वयस्क, बृद्धबृद्धालाई समेत यसले छाड्दैन ।

टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालका चिकित्सक शेरबहादुर पुनका अनुसार ठेउला वेरीसेला  जोस्टर नामको भाइरसको संक्रमणले हुन्छ, जो गर्मी याममा बढी सक्रिय हुने गर्दछ । यसले ८ वर्षदेखि १५ बर्ष उमेर समूहमा बढी आक्रमण गर्छ ।
परिवारको एउटा सदस्यमा ठेउला देखिनसाथ अर्कोमा त्यो सर्ने संभावना अधिक रहन्छ । त्यसैले यसबाट बच्नका लागि विशेष सावधानी अपनाउनु पर्नेछ ।

चिकित्सक पुनका अनुसार अहिले नेपालमा ठेउलाको संक्रमण बढिरहेको छ ।

कसरी थाहा पाउने ?

टाउको तथा जीउ दुख्ने, ज्वरो आउने, खानामा अरुची हुने, घाँटी सुख्खा हुने, खोकी लाग्ने र कमजोरी महसुष हुने लक्षण देखापर्‍यो भने, सोच्नुहोस् ठेउलाको संकेत हो । यस्तो लक्षण देखिए लगत्तै अनुहार तथा छाला खस्रो हुन्छ । क्रमस त्यो पानी फोका जस्तै बन्छ ।

ठेउला आउनुअघि खुट्टा, जीउमा पीडा हुन्छ । हल्का ज्वरो आउँछ । खोकी लाग्छ, वान्ता पनि हुन्छ । यसरी रोगले संक्रमण गरेको २४ घण्टा नबित्दै पेट, ढाड, पिठ्यु, अनुहार जस्ता भागमा स-सानो रातो दाना देखापर्छ । यो क्रमस टाउको, जिब्रो, नाकको प्वाल, कानको भित्री भाग, आँखा हुँदै पुरै शरीरमा फैलन्छ ।

बच्चा, रोगी र गर्भवती जोगिनु पर्छ

ठेउलाको संभावित खतराबाट बालबालिका, गर्भवती, बृद्धबृद्धा बढी सर्तक रहनुपर्छ । किनभने यसको संक्रमण तिनै व्यक्तिहरुमा फैलन सक्छ, जसको रोगसँग लड्ने क्षमता कमजोर छ ।

ठेउलाको संक्रमण नवजात शिशुदेखि १२ बर्ष उमेर समूहका बालबालिकामा बढी देखिन्छ । एक पटक यसको संक्रमण फैलिसकेको व्यक्तिमा भने दोस्रो पटक ठेउला आउने संभावना न्युन हुन्छ । यद्यपी ५० बर्ष उमेर पार गरेका र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरुमा भने यसको संक्रमण दोहोरिन पनि सक्छ । सथै, दोस्रो पटकको संक्रमण अलि जटिल हुन्छ ।

दुई हप्तासम्म रहनसक्छ संक्रमण

ठेउलालाई हामी सामन्य रुपमा लिन्छौ । तर, समयमै उपचार भएन भने यसले गंभिर रुप लिन सक्छ । त्यसैले ठेउलाको पहिचान हुनसाथ एन्टिभाइरल औषधी सेवन गर्नुपर्छ । यसरी समयमै औषधी सेवन गरेको अवस्थामा यो रोग दुई हप्ताभित्रै निको हुन सक्छ ।

कुन अवस्थामा गंभीर ?

यदि ठेउलाको रोगीलाई ब्याक्टेरियाको संक्रमण, मेनेन्जाइटिस, इन्सेफलाइटिस, निमोनिया, मृगौला तथा कलेजको समस्या देखिएमा चिकित्सककहाँ पुर्‍याउनुपर्छ ।

कसरी बच्ने ?

यसको बचावका लागि बालबालिकामा विभिन्न खोप अनिवार्य छ. यसकेा खोप दुई डोजमा दिने गरिन्छ ।  यद्यपी नेपालमा भने यो खोपलाई सरकारको कार्यक्रममा राखेको पाइदैन ।

१. विरामीको हेरचाह यसरी गरौं

ठेउलाको बिरामीलाई अलग्गै कोठामा राखेर हेरचाह गर्नुपर्छ । उनीहरुलाई दिनहुँ कपडा फेरिदिनुपर्छ । चिल्लो खानेकुरा दिनु हुँदैन । खाना हल्का र चिसो भए उत्तम हुन्छ । उनीहरु कमजोर हुने भएकाले पोषिलो र सन्तुलित खानेकुरा दिनुपर्छ । दुध, दही, ताजा फलफूल उनीहरुको लागि उपयोगी हुन्छ ।

२. आर्युबेदिक उपचार

ठेउलाको संक्रमण शरीरुमा मोटाबोलिज्ममा हुने गडबढीले निम्त्याउँछ । यसको उपचार आर्युवेदिक विधीबाट पनि खोज्न सकिन्छ । नीमको ताजा पत्ता बिरामीको शरीरमा दल्ने, बेसार र पानी पिउन दिने । रोगीलाई तुलसीको पात चियाको रुपमा पिउन दिनुपर्छ ।

३. होमिपेथिक उपचार

रोगीलाई तीन दिनसम्मका लागि वैरियूलिनम तथा मेलेनडि्रनम औषधी दिनुपर्छ । यसले चिलाउने र ठेउला चाडै सुक्न मद्दत गर्छ । यसबाहेक चिकित्सकको सल्लाह अनुसार संक्रमित व्यक्तिलाई रसटाक्स, कालीम्यूर, सल्फर, एन्टीमटार्ट औषधी दिन सकिन्छ, सात दिनका लागि । यस अवधीमा चिल्लो अमिलो खानेकुरा खानु हुन्न । चिसो पेय भने पर्याप्त पिउनुपर्छ ।

के खाने ?

१. ताजा फलफूल, सागसब्जी सेवन गरौ ।

२. किवी फल एकदमै लाभदायक हुन्छ । यसमा भिटामिन सि, मिनरल्स र अन्य पोषक तत्व पाइन्छ ।

३. पानी पर्याप्त मात्रामा पिउनुपर्छ ।

४. सलाद, समुन्द्री परिकार सेवन गर्नु उपयोगी हुन्छ ।

के नखाने ?

१. डेरीबाट बनेको खानेकुरा सेवन गर्नु हुँदैन । डेरीबाट बनेका परिकारले शरीरमा युरिक एसिडको मात्रा बढाएर शरीरमा प्रतिरोधात्मक क्षमता कमजोर तुल्याउँछ ।

२. मासुको प्रयोग पनि कम गरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment