Comments Add Comment

अवैध डलरसहित पक्राउ परेका पाइलट अवालेलाई थुनामा राख्न अनुमति

२८ चैत, काठमाडौं । प्रहरीले अवैध डलरसहित पक्राउ परेका नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन सुवर्ण अवालेलाई राजश्व अनुसन्धान विभागलाई बुझाएको छ ।
नेपाल एयरलाइन्सका वरिष्ठ पाइलट अवाल आइतबार राति ९३ हजार ६०० अबैध अमेरिकी डलरसहित पक्राउ परेका थिए । आरए २२९ जहाजको काठमाडौं- दुबई उडानका लागि विमानस्थल जाने क्रममा उनी पक्राउ परेका हुन् ।विभागले सोमबार नै जिल्ला अदालतबाट ५ दिन थुनामा राख्न अनुमति दिएको छ । र, अवालेसँग बयान दिने क्रम सुरु भएको विभागका सूचना अधिकारी देवीप्रसाद थपलियाले अनलाइनखबरलाई बताए ।

उनको हृयाण्डक्यारी एक्सरे मसिनमा स्क्यान गर्ने क्रममा शंका लागेपछि प्रहरीले खोलेर चेक जाँच गरेको थियो । त्यसक्रममा डलर भेटिएको छ । ‘हृयाण्डक्यारीमा लुकाएको अवस्थामा डलर बरामद भएको हो, एयरपोर्ट प्रहरीले भनेको छ ।

उनलाई रातभर गौशला प्रहरी वृत्तमा राखिएको थियो । उनलाई विहानै प्रक्रिया पुरा गरेर राजश्व अनुसन्धान विभागमा बुझाइएको एयरपोर्ट प्रहरीले जनाएको छ ।

राजश्व अनुसन्धान विभागका अनुसार बयान सकिएपछि मुद्धा चलाउने प्रक्रिया सुरु हुनेछ । विभागले संगठित अपराध वा डलरको अवैध कारबारको आशंमा छानविन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment