Comments Add Comment

अमेरिकी चुनाव ‘ह्याक गर्ने’ रुसी नागरिक पक्राउ


स्पेनिस प्रहरीले अमेरिकी राष्ट्रपतिय चुनावमा ह्याकिंग गर्ने कार्यमा संलग्न रहेको आरोपमा एकजना रुसी ह्याकरलाई पक्राउ गरेको छ ।

गत ७ अप्रिलमा बार्सिलोनाबाट पक्राउ परेका पायोटर लेभाशोभ हाल हिरासतमा रहेको बताइउको छ ।

साथै लेभाशोभलाई आफुकहाँ सुपुर्दगी गर्न अमेरिकाले स्पेनसँग आग्रह गरेको न्यायिक श्रोतलाई उधृत गर्दै एएफपीले उल्लेख गरेको छ । स्पेनको राष्ट्रिय फौजदारी अदालतले अमेरिकी अनुरोधका विषयमा जाँच गरिरहेको बताइउको छ ।

डोनाल्ड ट्रम्पको चुनावी अभियानमा सहयोग पुग्नेगरी लोभाशोभले अमेरिकी चुनावको कथित ह्याक गरेको आशंकामा अमेरिकी अधिकारीहरुले उनी विरुद्ध पक्राउ वारेन्ट यसअघि नै जारी गरेका थिए ।

सोही विषयलाई आधार मानेर उनलाई पक्राउ गरिएको लेभाशोभकी पत्नीले रुसी संचार माध्यमलाई जानकारी गराएकी छिन् ।

साइबर सेक्योरिटी विज्ञहरुका अनुसार लेभाशोभ प्रख्यात रुसी ह्याकर हुन् र उनी पिटर सेभेराको नामले चर्चित छन् ।

गत जनवरीमा सार्वज्निक अमेरिकी खुबिया एजेन्सीको रिपोर्ट अनुसार रुसी राष्ट्रपति भ्लादमिर पुटिनले डोनाल्ड ट्रम्पलाई जिताउन सहयोग गरेका थिए ।

तर ट्रम्पले भने चुनाव जितेसँगै प्रतिक्रिया दिँदै चुनावको परिणाम प्रभावित नभएको बताएका थिए ।

खुबिया एजेन्सीको रिपोर्टमा भने प्रजातान्त्रिक प्रक्रियाप्रतिको अमेरिकी जनताको विश्वासलाई अवमूल्यन गराउनु तथा ट्रम्पका प्रतिद्वन्दी हिलारी क्लिन्टनलाई परास्त गर्नु रुसी उद्धेश्य रहेको उल्लेख थियो ।

तर रुसी राष्ट्रपति पुटिनले भने अमेरिकी चुनावको परिणाममा रुसी संलग्नताको आरोपलाई सख्त रुपमा अस्विकार गरेका थिए ।
बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment