Comments Add Comment

अमेरिकाको राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि २६ नेपाली खेलाडी छनौट

११ अप्रील, अमेरिका । अमेरिकाको वाटरफोर्ड, मिचिगनमा आउँदो जुन २९ देखि जुलाई ६ सम्म हुने अमेरिकाको राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा २६ जना नेपाली खेलाडीहरुले सहभागिता जनाउने भएकाछन् ।

वाटरफोर्ड स्थित नेपालीले सञ्चालन गरेको स्कुलबाट छनौट प्रतियोगितामा सहभागी भएका खेलाडिहरुले स्वर्ण पदकसहित रजत र कास्य पदक जित्दै राष्ट्रिय प्रतियोगिताका लागि छनौट भएका हुन् ।

मिचिगन राज्य स्तरिय प्रतियोगितामा एभरेष्ट तेक्वान्दो स्कुलका खेलाडीहरुले विभिन्न स्पर्धामा १६ स्वर्ण,पाँच रजत तथा चार कास्यपदक गरी १६ पदक जित्दै छनौट भएको स्कूलका संचालक एवं प्रमुख प्रशिक्षक लभप्रसाद गोर्खालीले बताए ।

सन २०११ मा स्थापना भएको उक्त स्कुलमा हाल विभिन्न उमेर समूहका ७५ जना खेलाडीलाई गोर्खाली लगायत अन्य दुई प्रशिक्षकले प्रशिक्षण प्रदान गर्दै आएका छन् ।

खेलाडीहरूको प्रदर्शनमा सन्तोष व्यक्त गर्दै सचालक एवं मुख्य प्रशिक्षक गोर्खालीले राष्ट्रिय प्रतियोगिताका लागि आफूहरूले अझ मिहिनेत गर्ने बताए ।

उक्त प्रतियोगितामा दुई नेपाली खेलाडी विप्लव खरेल र अनमोल गोर्खाली पनि छनोट भएका छन् । प्रशिक्षककको जिम्मेवारी अमूल गोर्खालीले निर्वाह गरेको स्कुलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment