Comments Add Comment

नयाँ बर्षमा जावलाखेलमा कन्सर्ट हुने


नयाँ बर्ष २०७४ सालको पहिलो दिन ललितपुरको जावलाखेल ग्राउन्डमा भव्य सांकृतिक कार्यक्रमको आयोजना हुने भएको छ । फोनोलोजिक सोलुसन प्रालिले आयोजना गर्न लागेको कार्यक्रममा दर्शकलाई प्रवेश शुल्क निःशुल्क गरिएको छ ।

नयाँ बर्षको खुशीयाली साट्नका लागि कार्यक्रम आयोजना गर्न लागिएको फोनोलोजिक प्रालिका प्रवन्ध निर्देशक रोजल शाहीले बताए । उनका अनुसार, कार्यक्रममा गायक दीपक वज्रचार्यको साथमा फ्यूजन मन्त्र, डीजे पूनित, किस्मत ब्याण्ड, सागरिका श्रेष्ठले आफ्नो धमकेदार प्रस्तुती दिनेछन् ।

सांकृतिक कार्यक्रमको साथै जावलाखेल ग्राउण्डमा खानेकुराको स्टल पनि राखिनेछ । दिउँसो १ बजेबाट चल्ने कार्यक्रम बेलुकी ८ बजे मात्र सकिने आयोजकले बताएको छ । ‘जात्रा’ नाम दिएर कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रममा लाखे, झाक्रीहरु प्नि देखाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment