+
+

निर्वाचनका लागि भित्रिदै कर्णालीवासी

रासस रासस
२०७३ चैत ३१ गते १३:२१

३१ चैत, कालीकोट। स्थानीय तहको निर्वाचनका लागि भारतबाट घर फर्किदै गरेका धौलागोहका परे विकको अनुहारमा उत्साह निकै उत्साह देखिन्छ ।

स्थानीयस्तरमा आफूले चाहेकोे विकासप्रेमी नेता छान्न पाउने अवसर लामो समयपछि आएकामा आफूलाई हतार भएको जस्तो लागेको उल्लेख गर्दै उनले भने, ‘अहिलेको स्थानीय तहको निर्वाचनमा भोट हाल्न आतुर छु ।’

‘यसअघि वडा सदस्यमा विजयी भएका विकले यस पटकको निर्वाचनमा वडाध्यक्षमा उम्मेदवारी दिने चहना रहेको बताए । उनी जस्ता कयौं कालीकोटवासी लामो समयपछि हुनलागेको स्थानीय तहको निर्वाचनको समय नजिकिँदै गर्दा भारत गएका कर्णालीवासी भित्रिन थालेका हुन् ।

मङ्सिरमा हिँउदेबाली भित्र्याएर भारत गएका हुम्ला, जुम्ला, मुगु, कालीकोटका बासिन्दा अहिले घर फर्किने क्रम बढेको हो ।

फर्केका मध्ये कोही मतदानका लागि आएका हुन् भने केहीले निर्वाचनमा उम्मेदवारी दिने सोचाइ बनाइसकेका छन् ।

जिल्लाको सान्नि त्रिवेण गाउँपालिका (साविकको मेहलमुडी) का जनक विकले आफू (माओवादी केन्द्र) को गाउँपालिकाको उम्मेदवारका लागि घर फर्किएको बताए ।  उनले भने, ‘आफू मात्र नभइ कालीकोटका अधिकांश युवा निर्वाचनका लागि घर फर्किएका छन्”।

दुई दशकदेखि निर्वाचन नभएको अवस्थामा यस पटक हुनलागेको स्थानीय तहको निर्वाचनमा आफूहरु जस्ता युवाले प्राथमिकता पाउने आशा उनीहरुको छन् ।

जिल्लामा निर्वाचनको माहोल तातेको अवस्थामा भारतमा पनि विभिन्न पार्टी तथा उनका भातृ सङ्गठनले नेपाल जान सुझाएकाले कयौँ नेपाली घर फर्किन थालेको जनकको भनाइ छ ।

बर्सेनि भारतलगायतका अन्य खाडिमूलुकमा रोजगारीको लागि जाने नेपालीको बाध्यता हटोस् र स्थानीयस्तरमा स्वरोजगार हुने वातावारण भइदिए पलायन हुनुपर्ने अवस्था नआउनेमा यहाँका युवो जोड दिँदै आएका छन् ।

जनक विक जस्तै कयौंँ युवाले भारतको विभिन्न क्षेत्रमा चौकीदारी गरेर पारिवारिक समस्या समाधान गर्दै आए पनि कयौँ युवा नेपालमा बेरोजागारीका कारण बराल्लिने गरेका छन् भने केहीले स्थानीय तहमा आफ्नो राजनीतिक पहुँच बढाएर नेतृत्व सम्हाल्ने अबस्थामा छन् । विभिन्न पार्टीमा युवाको चर्काे दबाब बढ्न थालेपछि उम्मेदवारीमा युवाको पहिलो स्थान देखिन्छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?