Comments Add Comment

नयाँ वर्षको अवसरमा कतारमा साँस्कृतिक कार्यक्रम हुने

 

कार्यक्रमका लागि दाेहा पुगेका कलाकारहरू ।

१३ अप्रील, दोहा । नेपाली नयाँ वर्ष २०७४ को अवसरमा कतारमा सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

बसन्त फिल्मस् प्रा.लि. ले शुक्रबार शुभकामना आदानप्रदान तथा विधिध सांस्कृति कार्यक्रमको आयोजना गर्न लागेको हो ।

कतारको गल्फ प्याराडाईज होटेलको हलमा हुने बृहत सांगीतिक कार्यक्रमका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा ख्याती प्राप्त नेपाली कलाकारहरु कतार पुगेकाछन् ।

कार्यक्रममा लोकदोहोरी गायिका जुना श्रष मगर, मोडेल मंजिता केसी, गायिका सितल शर्मा, आघुनिक गायक रमेशराज भट्टराई, लोक गायक भागिरथ चलाउने, लोक गायक तेजेश रेग्मी, गायक तथा संगीतकार रामकृष्ण बम मल्ल र यादवप्रसाद देवकोटा (सरापे) कतारको दोहा पुगिसकेकाछन् ।

कार्यक्रममा चर्चित लोक गायक भगवान भण्डारी पनि सहभागी हुने जनाइएको छ ।

कार्यक्रममलाई भव्य र सभ्य बनाउने कार्यक्रम संयोजक तिलु शर्मा पौडेलले जानकारी दिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment