+
+
Shares

एनआरएन स्पेनले बनायो भूकम्पले क्षतिग्रस्त बिद्यालय

बसन्त रानाभाट बसन्त रानाभाट
२०७४ वैशाख १ गते १२:००

१४ अप्रील, बार्सिलोना । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् स्पेनले भूकम्पबाट क्षतिग्रस्त बिद्यालय बनाएको छ ।

धादिङ् जिल्लाको मनरुपी माध्यामिक बिद्यालयको दुई कोठे पक्की भबन संघले बनाएको हो ।

११ लाख १० हजार ८ सय ६६ रुपैयाँ खर्च गरेर विद्यालयको भवन निर्माण गरिएको संघका अध्यक्ष मुक्त बहादुर गुरुङले जानकारी दिए ।

‘एक एनसीसी एक परियोजना अन्तर्गत भूकम्पबाट क्षतिग्रस्त बिद्यालय बनाएका हौ,’ उनले भने,’ १० लाख ४० हजार रुपैयाँ पठाईसक्यौ, बाँकी ७० हजार रुपैयाँ भवन निर्माण समितिको बैङ्क खातामा पठाउँदै छौ ।’

भूकम्पका कारण, निलकण्ठ- ११ सांकोष भोर्लेमा रहेको ११ कोठे भबन क्षतिग्रस्त भएको थियो ।

भूकम्पबाट बचेका बिद्यालयका ४/५ वटा कोठाहरुपनि चर्किएपछि एनआरएनए स्पेनले पुनर्निर्माणमा चासो देखाउदै भवन निर्माण गरिदिएको हो ।

भूकम्प जाँदा एनआरएनए स्पेन र यहाँ स्थित संघसंस्थाहरुले मिलेर राहत संकलन गरेका थिए । स्पेनमा संगठित भुकम्प पीडित राहतकोषबाट करिब एक लाख तीन हजार ५ सय युरो एनआरएन केन्ऽको राहत कोषमा पठाईएको थियो ।

बाँकी रहेको रकमबाट नै धादिङ्को मनरुपी माध्यमिक बिद्यालयको दुई कोठे भबन निर्माण सम्पन्न भएको हो ।

रकम संकलन अभियानमा नेपाली समुदाय बाहेक,स्पेनिसहरुले पनि सिधै खातामा रकम जम्मा गरेर सहयोग गरेका थिए ।

एनआरएन स्पेनद्वारा भवनको निरक्षण तथा अनुगमन

निर्माणको सम्झौता अनुसार बिद्यालयको भवन निर्माण भए,नभएको बारे एनआरएन स्पेनले निरीक्षण तथा अनुगमन गरेको छ । राष्ट्रिय समन्वय परिषद् स्पेनका सचिव सुनिल रानाभाट धादिङ् पुगेर नै बिद्यालय भवनको निरीक्षण गरेका हुन ।

बिद्यालयले आयोजना गरेको एक कार्यक्रममा बोल्दै सम्झौता अनुसार नै भवन निर्माण सम्पन्न भएकोमा खुशी ब्यक्त गर्दै निर्माण समिति तथा स्थानीय अभिभावकहरुलाई रानाभाटले धन्यबाद ब्यक्त गरेका थिए । साही अवसरमा बिद्यालयका सर्वाेत्त्कृष्ट छात्रछात्रालाई पुरस्कृत समेत गरिएको थियो ।

एनआरएनए स्पेनका आईसीसी सदस्य एकराज गिरी तथा पूर्व प्रबक्ता सन्तोष श्रेष्ठले गत वर्ष धादिङ् पुगेर विद्यालयको शिलान्यान्स गरेका थिए ।

बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष टंकप्रसाद धमला र प्रधानध्यापक टोप बहादुर गुरुङलाई काम सुरु गर्न पहिलो चरणको रकम हस्तान्तरण गर्दै भवनको शिलान्यास भएको थियो ।

जन श्रमदान सहित एनआरएन स्पेनको सहयोगमा सम्झौता अनुरुप नै बिद्यालय निर्माण भएकोमा आईसीसी सदस्य गिरीले खुशी ब्यक्त गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?