+
+
Shares

आइपिएलमा श्रद्धा कपुरको धमाल डान्स

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख १ गते २०:२०

बलिउड अभिनेत्री श्रद्धा कपुर हालै इन्डियन प्रिमियर लिग क्रिकेट प्रतियोगीता भइरहेको मैदानमा देखिइन् । तर, उनी त्यहाँ रन बनाउन होइन, होश उडाउन आएकी थिइन् ।

श्रद्धाले कोलकाता टिमको समर्थनमा मैदानमा पर्फमेन्स दिइन् । इडन गार्डेनमा २१ मिनेटको पर्फमेन्सका क्रममा उनले थुप्रै हिट गीतहरुमा डान्स गरिन् । गोल्डेन टप र पर्पल पेन्टमा उनी निकै सुन्दर देखिएकी थिइन् ।

अहिले श्रद्धाको चर्चा ‘हाफ गर्लप|mेन्ड’ लाई लिएर भइरहेको छ । चेतन भगतको उपन्यासमा आधारित यो फिल्ममा उनको जोडी अर्जुन कपुर छन् । यसका अलावा दाउद इब्राहिमकी बहिनीमाथि बन्ने फिल्म ‘हसीना’ लाई लिएर पनि श्रद्धा चर्चामा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?