Comments Add Comment

‘हिरो रिटर्न्स’मा सविन र रेखाको एक्सन, सरोज भिलेन


नायक सविन श्रेष्ठको प्रस्तुतीमा तयार भएको चलचित्र ‘हिरो रिटन्र्स’को टिजर रिलिज गरिएको छ । नयाँ बर्षको अवसर पारेर प्रस्तुतकर्ता तथा नायक सविनले चलचित्रको टिजर रिलिज गरिएको बताए ।

यो चलचित्रको टिजरमा एक्सनलाई महत्व दिइएको छ । चलचित्रमा नायिका रेखा थापा, नायकद्धय सविन श्रेष्ठ र दिल श्रेष्ठको मुख्य भूमिका छ । चलचित्रको टिजरमा नायक सरोज खनाल भिलेन अवतारमा देखिएका छन् । आशिष भेटवालले यो चलचित्रको निर्देशन गरेका हुन् । चलचित्रमा चन्द्र गौतम, सहदेव गौतम र भिम न्यौपानेको लगानी छ भने अमित श्रेष्ठ यसका कार्यकारी निर्माता हुन् ।

चलचित्रमा मदनकाश्यप घिमिरेको छायांकन, मित्र गुरुङको सम्पादन, शिवम् अधिकारीको कथा, पटकथा तथा संवाद र चन्द्र पन्तको एक्सन छ । कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्रमा टंक वुढाथोकीले संगीत भरेका छन् । चलचित्रको प्रदर्शन मिति तय गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment