Comments Add Comment

२०७४ लाई संविधान कार्यान्वयन वर्षका रुपमा लिनुपर्छ : खनाल


२ बैशाख, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले २०७४ साललाई संविधान कार्यान्वयनको वर्षको रुपमा लिनुपर्ने बताएका छन् ।

अहिलेको संबिधानले सबै बर्ग, जातिका समुदायलाई हक अधिकार दिएर सम्मान गरेको भन्दै उनले यो संविधानलाई कार्यान्वयन गर्नका लागि २०७४ लाई संविधान कार्यान्वयन वर्षका रुपमाा लिनुपर्ने बताए ।

खनालले समयमै ३ तहकै निर्बाचन हुनुपर्नेमा समेत जोड दिए । बैशाख ३१ मा निर्वाचन हुनबाट कसैले रोक्न नसक्ने भन्दै उनले चुनावमा कसैले भाग लिदैन भने त्यो आफै जनताको माझबाट बढारिने दावी समेत गरे ।

अहिले नेपाली जनताको चाहना देशलाई आर्थिक बिकास र समृद्धिको दिशामा लैजानु भएको भन्दै उनले जनताको म्यान्डेट अनुरू चल्न सबै दललाई आग्रह गरे ।

स्थानीय तह निर्वाचन परिचालन कमिटी काठमाडौं महानगरपालिका-१५ ले आयोजना गरेको नयाा वर्षको चियापान कार्यक्रममा खनालले यस्तो बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment