Comments Add Comment

मतपत्रको सुरक्षा सेनाले गर्ने, बाँकी सामान प्रहरीको जिम्मा

३० हजार मतपेटिका भित्रिए, थप सामान आउँदै

३ बैशाख, काठमाडौं । स्थानीय चुनावका लागि आवश्यक पर्ने १ करोड ६० लाख मतपत्रको ढुवानी र सुरक्षाको जिम्मा नेपाली सेनाले लिने निर्वाचन आयोगले जनाएको छ ।

आयोगले हालसम्म ६२ जिल्लाको मतपत्र छापिसकेको छ । अब त्यसलाई ब्याण्डिङ गरेपछि विभिन्न जिल्लामा सुरक्षासहित पुर्‍याउने जिम्मा सेनालाई दिइने प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले जानकारी दिए ।

संसदीय समिति अन्तरगत राज्य व्यवस्था समितिलाई आइतबार बिहान निर्वाचन सुरक्षाबारे प्रमुख आयुक्त यादवले जानकारी गराएका छन् ।
समितिमा बोल्दै यादवले स्थानीय चुनावमा ६४ प्रकारका सामाग्री आवश्यक पर्ने बताए । यी मध्ये मतपत्रको सुरक्षा सेनाले गर्ने र अन्य ६३ सामाग्रीको सुरक्षा प्रहरीले गर्ने उनले बताए ।

स्थानीय चुनावका लागि चीनले १२ प्रकारका सामाग्री सहयोग गरेको यादवले राज्य व्यवस्था समितिलाई बताए । साथै भारतबाट आउने सामाग्रीको प्रक्रिया अघि बढेको उनले बताए ।

प्रमुख आयुक्तका अनुसार हालसम्म ३० हजार मत पेटिका आइसकेका छन् । बाँकी आउने प्रक्रियामा छन् ।

यसैवीच आइतबारदेखि ७५ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने आयोगले जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment